बिहीबार, माघ ८, २०८२

बटलरको सतकमा राजस्थानको शानदार जित 

सँगै मैदान पसेका यसश्वी जैसवाल १२ रन बनाउँदै पवेलियन फर्किए पनि जस बटलरले १२४ रनको सतकीय पारी खेल्दै राजस्थान रोयल्सलाई जित दिलाएका छन्। 
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– सँगै मैदान पसेका यसश्वी जैसवाल १२ रन बनाउँदै पवेलियन फर्किए पनि जस बटलरले १२४ रनको सतकीय पारी खेल्दै राजस्थान रोयल्सलाई जित दिलाएका छन्। 

National life

टस हारेर ब्याटिङमा आएको राजस्थानले आइतबारको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई इन्डियन प्रिमियर लिगमा ५५ रनले हराएको हो। खेलमा सन्जु समसनले ४८ रन र रियल परागले १५ रन बनाएपछि राजस्थानले २२० रन बनाउँदै २२१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। हैदारबादका लागि सन्दिप शर्मा, राशिद खान र विजय शंकरले समान १–१ लिएका थिए। 

जवाफी ब्याटिङमा हैदराबादले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर १६५ रनमा समेटियो। औषत ब्याटिङ गरेको हैदारबादका मनिश पाण्डेले ३१, जोन्नी बेरिस्टोले ३०, केन विलियम्सनले २० र केदार ज्यादवले १९ रन बनाए।

कसिलो बलिङ गरेका राजस्थनका मुस्तफिजुर रहमानले पाँचको इकोनोमीमा तीन विकेट गिराए। त्यस्तै क्रिस मोरिसले पनि समान ३ विकेट लिँदा कार्तिक त्यागी र राहुल तेवतियाले एक विकेट लिए। यो जितसँगै राजस्थानले सात खेलबाट ६ अंक बनाएको छ। हैदराबाद दुई अंकका साथ तालिकाको पुछारमा छ।
 

प्रकाशित: May 02, 2021| 15:46 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।