बिहीबार, माघ ८, २०८२

ललितपुरका प्रशिक्षक हुमागाईंद्वारा राजीनामा 

ललितपुर सिटी फुटबल क्लबका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिएका छन्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– ललितपुर सिटी फुटबल क्लबका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिएका छन्।

National life

उनले जारी नेपाल सुपर लिगमा ललितपुरलाई एउटा पनि जित दिलाउन नसकेपछि राजीनामा दिएका हुन्। उनको प्रशिक्षणमा ललितपुरले एक हार र तीन बराबरी खेल्दै मात्र तीन अंक जोडेको थियो। 

पहिलो खेलमा काठमाडौंविरुद्ध हार बेहोरेको ललितपुरले त्यसयता चितवन, बुटवल र पोखरासँग बराबरी खेलेको थियो। आज आइतबारको खेलमा पनि उनले क्लबलाई पोखराविरुद्ध जित दिलाउन नसकेपछि उनले सबै कुरा राम्रो भए पनि गोल नहुनुको कारण पत्ता लगाउन नसकेको बताएका थिए।

त्यस्तै उनले एनएसएलको लागि अभ्यासको समय अति छोटो रहेको र खेलाडीलाई अभ्यस्त हुनका लागि पर्याप्त समय नभएको बताउँदै आएका थिए। ललितपुरलाई जारी लिगको बलियो टिम मानिए पनि उसले गोलको अवसर सदुपयोग गर्न सकिरहेको छैन।

एनएसएलमा ललितपुरको लय : भगवान् भरोसामा प्रशिक्षक

 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 02, 2021| 15:35 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।