शुक्रबार, असार २६, २०८३

फेरि बराबरीमै रोकियो ललितपुर

जारी नेपाल सुपर लिगको आइतबार सम्पन्न खेलमा ललितपुर सिटीले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको छ। 
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– जारी नेपाल सुपर लिगको आइतबार सम्पन्न खेलमा ललितपुर सिटीले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा दुवै टिम गोलरहित बराबरीमा रोकिएका हुन्।

पहिलो हाफमा बराबर भएको खेलका क्रममा दुवै टिमले राम्रा मुभहरू बनाए पनि उसले बलले पोस्टको जाली चुम्न सकेन।

पोखराले १० पटक र ललितपुरले ६ पटक अट्याक गर्दा समान २(२ पटक पोस्टको दिशामा प्रहार गरेका थिए। तर, स्कोरिङका लागि सबै प्रयासहरू बेकार भए।

४२ औं मिनेटमा पोखराकक केइचक यन्निकको ह्यान्डबल रेफ्रीले मान्यता नदिएपछि ललितपुरले पेनाल्टीको अवसर पाउन सकेको थिएन।

दोस्रो हाफमा पनि दुवै टिमले उस्तै प्रयास जारी राखे। ५१ औं मिनेटमा ललितपुरका फरवार्ड अन्जन बिष्टले पोखराका गोलकिपरलाई छक्याएर पोस्टमा प्रहार गरेको बल अजित भन्डारीले क्लियर गरेका थिए।

यससँगै ललितपुरले गोलको अर्को अवसर गुमायो। ८५ औं मिनेटमा पनि फरवार्ड बिष्टले वान टु वानको अवस्थामा गोल गर्न चुकेपछि ललितपुरले गोल गर्न सकेन।

यसअघि एक हार, एक बराबरी र एक जित निलालेको पोखराको ४ अंक थियो भने दुई बराबरी अघि एक हाए बेहोरेको ललितपुरको २ अंक थियो।

आजको बराबरीपछि दुवै टिमले समान १–१ अंक थपेका छन्। ललितपुरले तीन बराबरी खेल्दै चार खेलबाट ३ अंक जोडेको छ। पोखराले ५ अंक बनाएको छ।

प्रकाशित: May 02, 2021| 14:40 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।