सोमबार, चैत २, २०८२

तिब्बती भिक्षुहरूलाई समाजवादी तालिम !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बेइजिङ-चीनको स्वशासित क्षेत्र तिब्बतका बौद्ध भिक्षु र आनीहरूलाई राजनीतिक करिअर अभिवृद्धिका लागि सरकारले तालिम दिन थालेको छ । तालिमप्राप्त भिक्षु र आनीहरूले सरकारी नीतिहरू कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । 

राजनीतिक गतिविधिमा विश्वासयोग्य पात्रका रूपमा सरकारले उनीहरूलाई लिने गरेको छ । राजनीतिक आवश्यकताका अलावा गहिरो धार्मिक ज्ञान, नैतिकतामा विश्वास र महत्वपूर्ण क्षणमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने खुबी नै केन्द्र सरकारलाई उनीहरूप्रति भरोसा दिलाउने गुण हुन् । 

र, राजनीतिक तालिम दिएर 'मेनल्यान्ड'ले तिब्बतको सुरक्षा व्यवस्था प्रबद्र्धनका लागि उनीहरूलाई उपयोग गर्दै आएको छ । 

उनीहरूलाई जिम्मा लगाइएको प्रमुख राजनीतिक मिसन हो, भविष्यमा शैक्षिक गतिविधिहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने । त्यसरी मिसन जिम्मा दिइएका भिक्षु र नानीहरूको नाम र संख्या भने सरकारले सार्वजनिक गरेको छैन । 

बेइजिङ मिन्जु विश्वविद्यालयका प्राध्यापक सिओङ कुन्सिङका अनुसार तिब्बतको संस्थापन पक्षलाई बलियो बनाउन बौद्ध मन्दिरहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । 

भिक्षुहरूमार्फत् नवीनतम धार्मिक र राजनीतिक नीति तथा भावना जागृत गराउन केन्द्र सरकारले सहजकर्ताहरूलाई अगाडि सार्दै आएको छ । र, राष्ट्रपति सी जिनपिङको नयाँ नीति 'चिनियाँ विशेषतासहितको समाजवाद'का साथ समाजवादी विकासको वकालत गर्न भिक्षुहरूलाई अगाडि सारिँदै आएको छ । 

प्राध्यापक सिओङका अनुसार केन्द्र सरकारका नीतिहरू कार्यान्वयनमा तेस्रो पक्षको प्रवचनको तुलनामा भिक्षु र आनीहरूको उपस्थिति बढी प्रभावकारी देखिएको छ । 

तिब्बत दैनिकका अनुसार १८-२४ डिसेम्बर २०१७ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं राष्ट्रिय सम्मेलनलगत्तै तिब्बती गाउँहरूमा २० हजारभन्दा बढी कार्यकर्ता परिचालन गरिएको थियो । ती कार्यकर्ताले सात हजार वटा बौद्ध मन्दिरमा पुगेर नयाँ सरकारी नीतिबारे सूचना प्रवाह गरेका थिए । 

तिनै कार्यकर्ताले भिक्षु, आनी, विद्यार्थी र किसानहरूलाई नीति कार्यान्वयनको मुख्य आधारका रूपमा तयार पारेका थिए । 

'तिब्बत राष्ट्रिय सुरक्षाको अग्रभागमा पर्छ र पृथकतावादी संघर्षको जोखिममा पनि छ,' तिब्बत दैनिकले लेखेको छ, 'पार्टीको १९औं राष्ट्रिय सम्मेलनको सन्देश सीमावर्ती इलाकाहरूमा फैलाउनु जरुरी छ, जसबाट राष्ट्रिय सुरक्षाको प्रत्याभूति हुन सक्छ ।' 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।