शुक्रबार, असार २६, २०८३

रियलले सबै थोक जित्छ भनेर दाबी गर्दिनँ : प्रशिक्षक जिदान

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो क्लबले मात्र सबैथोक नजित्ने दाबी गरेका छन्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो क्लबले मात्र सबैथोक नजित्ने दाबी गरेका छन्। ला लिगा अन्तर्गतको शनिबार राति सम्पन्न खेलमा ओसासुनाविरुद्ध दुई गोल गरेपछि उनले आफ्नो क्लब सबैथोक जित्नका लागि नभएको बताए।

लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका प्रशिक्षक जारी सिजनमा पनि  लिगको सेमिफाइनलमा पुगेका छन्। त्यस्तै, घरेलु लिग ला लिगाको पनि दोस्रो स्थानमा रहँदै उपाधि दौडमा कायम छन्।

उनको टिमले शनिबार राति ओसासुनाविरुद्ध २–० गोलको जित निकाल्दा आधा समयमा रियलका राफेल वारानेको दायाँ खुट्टामा चोट लागेपछि वाराने मैदानबाट बाहिरिएका थिए।

तर पनि प्रतिस्पर्धात्मक खेलमा खरो उत्रिएको रियलले दोस्रो हाफमा दुई गोल गर्दै खेल जितेको थियो। अहिले डिफेन्डरको अवस्थालाई बेवास्ता गर्दै अघि बढ्नुपर्नेमा ध्यान केन्द्रित रहेको उनले बताए।

‘यो ठूलो कुरा होइन। तर यसबारे म तपाईंलाई केहि भन्न सक्दिनँ,’ जिदानले यही हप्ता हुने च्याम्पियन्स लिगको सेमिफाइनललाई मध्यनजर गर्दै भने, ‘वारानेले यो सानो कुरा हो भनेका छन्। हामीबीच धेरै कुराहरु भएका छन्। तर आज हामीले अर्को तीन अंक पायौँ। यो राम्रो कुरा हो। र, लिगको अन्तिमसम्म हामी फाइट गरिरहने छौं।’ 

उनले थपे, ‘म भन्दिन कि हामीले सबैथोक जित्छौं नैं। तर हामी सबै थोक जित्ने प्रयासमा रहनेछौं।’ गएरातिको खेलमा महत्वपूर्ण मिडफिल्डर टोनी क्रुस र लुका मोड्रिचलाई जिदानले आराम दिएका थिए। तर इडेन हजार्ड तीन महिनापछि प्लेइङ सेटमा फर्किएका छन्। उनले राम्रो खेल प्रस्तुत गरे।

‘उनले राम्रो खेले,’ सात नम्बरका बेल्जियन खेलाडीबारे जिदानले भने, ‘करिम बेञ्जेमाको साथमा उनले राम्रो खेलेका छन्।’

उनले यो मिडविकमा हुने चेल्सीसँगको प्रतियोगितालाई इंगित गर्दै सबै खेलाडी फिट रहेको बताएका छन्। तीन–तीन दिनमा खेलिरहेको बताउँदै उनले शारीरिक रुपमा सक्षम रहेको बताए। 

प्रकाशित: May 02, 2021| 09:44 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।