शुक्रबार, कात्तिक २८, २०८२

‘राधे’ को किस सिनबारे यसाे भन्छन् सलमान

सलमान खान, दिशा पाटनी र रणदीप हुड्डा स्टारर फिल्म ‘राधे’ यही इदमा विश्वभर रिलिज हुँदैछ- सिनेमा घर र ओटीटी प्लेटफर्ममार्फत्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडाैं - सलमान खान, दिशा पाटनी र रणदीप हुड्डा स्टारर फिल्म ‘राधे’ यही इदमा विश्वभर रिलिज हुँदैछ- सिनेमा घर र ओटीटी प्लेटफर्ममार्फत्। फिल्ममा सलमानको धमाकेदार एक्सन रोमान्स दुवै मुड देख्न पाइने निर्माण टिमको दाबी छ। 

National life

त्यसो त फिल्मको ट्रेलर सार्वजनिक भएसँगै सलमानको ‘किस सिन’ यतिखेर चर्चामा छ। यो फिल्ममा सलमान दिशालाई टेपसँगै किस गरिरहेको अवस्थामा देखा पर्दैछन् । 

सलमानले हालै आफ्नो युट्युब च्यानलमार्फत् यो फिल्मको मेकिङ भिडियो सेयर गरेका छन्, जहाँ फिल्मसँग जोडिएका केही किस्सा बताइएको छ।

भिडियोमा सलमानले बताएअनुसार उनी फिल्ममा दिशासँग किस गरिरहेको दृश्यमा समेत देखा पर्नेछन्। तर उक्त दृश्य ‘डक्ट टेप’को सहायतामा गरिएको हो। ‘यो सिनेमामा किस पक्कै छ, तर दिशासँग होइन टेपसँग,’ सलमानले भनेका छन्, ‘यो उमेरमा म एक्सन गर्न सक्छु भने रोमान्स किन सक्दिनँ ?’

Laxmi sunrise bank
kumari

दिशा–सलमानको को किसिङ सिन फिल्मको ट्रेलरमा समेत स्पष्ट देख्न सकिन्छ जसको स्क्रिनशटहरू यतिखेर सोसियल मिडियामा भाइरल भइरहेका छन् । 

दिशाको तारिफ

यो फिल्ममा सलमानले आफूभन्दा २७ वर्ष कान्छी दिशा पाटनीसँग रोमान्स गरेका छन्। प्रचारात्मक भिडियो सेयर गर्ने क्रममा सलमानले आफ्नो को-स्टार दिशाको समेत खुब तारिफ गरेका छन्।

‘दिशाले कमालको काम गरेकी छन्, खुब सुन्दर देखिएकी छन्। ऊ मेरो उमेरको होइन, म उनको उमेरको देखिएको छु,’ उनले भनेका छन्।

प्रकाशित: May 02, 2021| 08:02 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्