सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रिटनको 'एजुकेशन करिअर काउन्सिलिङ' मा विद्यार्थीको उत्साहजनक सहभागिता 

ट्रिटनको 'एजुकेशन करिअर काउन्सिलिङ' मा विद्यार्थीको उत्साहजनक सहभागिता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : माध्यमिक शिक्ष परीक्षा (एसइइ ) दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर ट्रिटन इन्टरनेशनल कलेजले  काठमाडौंलगायत मुलुकका मुख्य सहरमा एजुकेशन करिअर काउन्सिलिङ अभियान चलाएको छ । एसइइ नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई उपयुक्त कलेज र विषय छनोट गर्न सहयोग गर्ने उद्देश्यले ट्रिटनले यो कार्यक्रम संचालन गरेको हो। 

हालै जनकपुर र धनगढीमा आयोजित कार्यक्रम प्रभावकारी भएको कलेजका अप्रेशन तथा एडमिन हेड रितु न्यौपानेले नेपाल समयलाई बताइन् । न्यौपानेका अनुसार स्थानीय माग र आवश्यकताअनुसार कलेजले काठमाडौं लगायतका अन्य स्थान एजुकेशन करिअर काउन्सिलिङ' संचालन गर्नेछ। धनगढीमा आयोजित कार्यक्रम स्थानीय विभिन्‍न विद्यालयबाट एइइ दिएका करिब दुई हजार विद्यार्थीको सहभागिता थियो। 

शैलेस सिंहको स्थानीय समन्वय तथा सहयोगमा आयोजित वृहत् ट्रिटन एजुकेशन करिअर काउन्सिलमा भाइस प्रिन्सिपल श्रीकृष्ण विष्टले कलेजबारे जानकारी दिएका थिए भने मोटीभेशनल स्पीकर डा तारा गिरीले विशेष प्रस्तुति दिएका थिए। 



करिअर काउन्सिलमा कक्षा ११ र १२ मा पढाइ हुने विषय, तीनको सैद्धान्तिक र व्यवहारिक महत्व र करिअर विकासका संभावनाबारे व्यवसायिक विज्ञहरुबाट विशेष कक्षाहरु दिने गरिएको छ । यसले सही विषय र कलेज छनोट गर्न सजिलो हुने गरेको सहभागी विद्यार्थीहरु बताउँछन् । 

ट्रिटनमा माध्यमिक तहदेखि स्नाकोत्तर तहसम्मको पढाइ हुन्छ । डिभी ग्रुप अफ कम्पनीजको व्यवस्थापनमा संचालित यो कलेजमा पछिल्लो समय विद्यार्थीको आकर्षण र चाप बढ्दै गएको छ । प्रभावकारी व्यवस्थापन, अनुभवी र दक्ष शिक्षक, अनुशासन तथा पारिवारिक वातावरण, उत्कृष्ट नतिजा, प्रयोगात्मक सिकाइका कारण गुणस्तरीय शिक्षाका लागि ट्रिटन उपयुक्त गन्तव्य बनेको यहाँ अध्ययन गर्ने विद्यार्थी बताउँछन्। अमेरिका, बेलायत, जापानलगायतका विश्वका विभिन्न मुलुकबाट पिएचडी तथा उच्च शिक्षा हासिल गरेका अनुभवी प्रध्यापक, विज्ञ तथा शिक्षकहरुका कारण पनि यहाँ वर्षेनी भर्नाको चाप बढेको छ । 

हाल ट्रिटनमा प्लस टुमा साइन्स, म्यानेमेन्ट, सोसियल साइन्स (मानविकी)लगायतका विषयमा पढाइ भइरहेको छ । त्यसैगरी बीसिए, बिबिएस, बिएस डब्लुलगायत विभिन्न विषयमा स्नातक कार्यक्रमहरु संचालनमा छन् । त्यसैगरी एमबीबीएसलगायत स्नाकोत्तर तहमा पनि कार्यक्रम संचालनमा छन् । 

मल्टीमिडियामा आभारित कक्षासँग ट्रिटनले व्यक्तित्व विकास तथा व्यवसायिक विकासका लागि खेलकूदलगायतका विभिन्‍न अतिरिक्त क्रियाकलाप (इसीए)  संचालन गर्दै आएको छ। गेष्ट लेक्चर, ट्यालेन्ट हन्ट, कल्चरल शो, सेमिनार, प्रदर्शनीलगायतका विभिन्‍न रचानात्मक कार्यक्रम पनि संचालन गरिएको छ।  हरेक विद्यार्थीले पढाइसँगै आफ्नो रुचिअनुसार खेल्न तथा अन्य प्रतिभा प्रदर्शन गर्न पाउने वातावरण  प्रदान गर्ने कलेजका प्रिन्सिपल प्रा डा बिहारी विनोद पोखरेलले बताए । इ लाइब्रेरी तथा अत्याधुनिक ल्याबले विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप  प्रभावकारी बनाएको छ। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।