शुक्रबार, असार २६, २०८३

नेपाल सुपर लिग : पहिलो जित निकाल्ला त ललितपुरले ?

उत्कृष्ट प्रदर्शन गरिरहेकाे तर जितविहीन टिम हो ललितपुर सिटी फुटबल क्लब।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं - उत्कृष्ट प्रदर्शन गरिरहेकाे तर जितविहीन टिम हो ललितपुर सिटी फुटबल क्लब। उसले जारी फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल)मा एउटा पनि जित निकालेको छैन।

आज त्यही ललितपुर जितको खोजीमा पोखरा थन्डर्स क्लबविरुद्ध मैदानमा उत्रिँदैछ। दशरथ रंगशालामा आइतबार साँझ साढे ५ बजेबाट सुरु हुने खेलमा पोखरा लगातार दोस्रो जितको खोजीमा रहँदा ललितपुर पहिलो जित निकाल्ने दाउमा हुनेछ।

पछिल्लो खेलमा पनि बराबरी खेलेपछि लिग तालिकाको पुछारमा रहेको ललितपुरको प्रशिक्षक प्रदीप हुमागाईंले बाँकी तिनै खेलमा जित निकाल्ने आशा व्यक्त गरेका थिए।

उनका अनुसार ललितपुरमा अझै शीर्ष चारमा पुग्ने आशा कायमै छ। यो भनेको अब उसको लगातार तीन जित हो। यता पहिलो खेलमा हार बेहोरे पनि दोस्रो र तेस्राे खेल सुधार गर्दै आएको पोखरा आज चाैथाे खेल खेल्दै छ।

ऊ पनि आजको खेलमा जित निकाल्दै शीर्षस्थानमा जाने दाउमा रहने छ। पोखराले तेस्रो खेलमा काठमाडौं रेजर्ससँग गोलरहित बराबरी खेलेर चार अंक बनाएको थियो। ललितपुरको दुई अंक मात्र छ। 

धनगढीसँग शनिबारको खेलमा तीन गोल बेहोरेको चितवन अंक तालिकाको पुछारमा पुगेकाले ललितपुर छैटौं स्थानमा छ।

प्रकाशित: May 02, 2021| 03:30 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।