शुक्रबार, असार २६, २०८३

मुम्बई इन्डियन्सको नाटकीय जित

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार रातिको खेलमा मुम्बाई इन्डियन्सले चार विकेटको जित निकालेको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं – जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार रातिको खेलमा मुम्बाई इन्डियन्सले चार विकेटको जित निकालेको छ।

टस जितेर ब्याटिङको निम्तो पाएको चेन्नईले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा २१८ रन बनाएको थियो। २१९ रनको विशाल लक्ष्यका साथ मैदानमा पसेको मुम्बईले पुरा ओभरमा विकेट गुमाएर लक्ष्य पुरा गर्दै जित निकालेको हो।

चेन्नईको ब्याटिङमा रितुराज गायक्वड चार रनमै बाहिरिए पनि अन्य खेलाडीले बिस्फोटक ब्याटिङ गरेका थिए। जहाँ, फाफ डू प्लेसिसले ५० रन बनाए भने मोइन अलिले ५८ रन बनाए। त्यस्तै अम्बाती रायडूले ७२ रन बनाए भने रविन्द्र जाडेजाले २२ रन जोडेका थिए।

यता मुम्बईका लागि किइरोन पोलार्डले दुई विकेट लिए भने ट्रेन्ट बोल्ड, जस्प्रित बुमराहले समान १–१ विकेट गिराए।

जवाफी ब्याटिङमा क्विन्टन डिककले ३८ रन बनाए भने रोहित शर्माले ३५ रन बनाए। त्यस्तै, क्रुणल पाण्डेयले ३२, हार्दिक पाण्डेयले १६ रन बनाउँदा किइरोन पोलार्डले अविजित ८७ रन बनाए।

चेन्नईका लागि साम कुरनले तीन विकेट लिए भने श्रद्र्धुल ठाकुर, रविन्द्र जाडेजा र मोइन अलीले समान १–१ विकेट गिराए।

संघर्षपूर्ण जितसँगै मुम्बईले जारी सिजनको सात खेलबाट ८ अंक बनाएको छ। पराजित चेन्नईले सात खेलबाट १० अंक जोडेको छ।

प्रकाशित: May 02, 2021| 01:01 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।