काठमाडौं – १३ अंकको अग्रतामा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ।
शनिबार रातिका खेलमा उसले क्रिस्टल प्यालेसलाई हराउँदै २–० गोलको जित निकाल्दै १३ अंकको अग्रता बनाएको हो। यससँगै म्यान्चेस्टर उपाधि नजिक पुगेको हो।
सिटीको जितका लागि सर्जियो अग्युरो र फरान टोरेसले समान १–१ गोल गरे।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफको ५७औं मिनेटमा फरल्यान्ड मेन्डीको पासमा सर्जियो अग्युरोले गोल गरेका थिए।
यो जितसँगै सिटीले ८० अंक बनाएको छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ६७ अंक छ। त्यस्तै गएराति पराजित भएको क्रिस्टलको ३८ अंक छ।