शुक्रबार, असार २६, २०८३

अग्रता जोगाउन नसक्दा विराटनगरसँग बराबरीमै रोकियो बुटवल

बुटवलका लागि पहिलो हाफमा ओमोलाजा करिमले गोल गरे भने दोस्रो हाफमा लक्ष्मण रुचालले गोल गरे। इता विराटनगरका पेड्रो मान्जीले पहिलो गोल फर्काए भने तामाङले अर्को गोल फर्काए।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल)को शनिबार सम्पन्न दोस्रो खेलमा विराटनगर र बुटवल लुम्बिनी बराबरीमा रोकिएका छन्। दोस्रो हाफको इन्ज्युरी समयमा विराटनगरका सन्तोष तामाङले प्रहार गरेको फ्री-किक ड्रप हुँदै गोल भएपछि दुवै टिम बराबरीमा रोकिएका हुन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनी क्लबले विराटनगर सिटी फुटबल क्लबसँग २–२ गोलको बराबरी खेलेलको हो।

बुटवलका लागि पहिलो हाफमा ओमोलाजा करिमले गोल गरे भने दोस्रो हाफमा लक्ष्मण रुचालले गोल गरे। इता विराटनगरका पेड्रो मान्जीले पहिलो गोल फर्काए भने तामाङले अर्को गोल फर्काए।

प्रतिस्पर्धात्मक खेलको छैटौं मिनेटमै बुटवलका ओमोलाजाल गोल गर्दै खेलमा अग्रता बनाएका थिए। पहिलो हाफको ४२ औं मिनेटसम्म टिकेको सो अग्रतालाई विराटनगका पेड्रोले भंग गर्न सफल भएका थिए।

यससँगै खेलको पहिलो हाफ १–१ गोलको बरबरीमा रोकिएको थियो। दोस्रो हाफको ६८ औं मिनेटमा विलियम ओपोकुको क्रसलाई रुचालले गोलमा बदलेपछि बुटवलले फेरि एकपटक अग्रता बनाएको थियो। त्यो अग्रतालाई तामाङले खेलको इन्ज्युरी समयमा तोडे।

त्यही २–२ गोलको बराबरीसँगै बुटवलले अपराजित कायम गरेको छ। यो बरबरीपछि पाँच अंक बनाएको बुटवल जारी सुपर लिगको दोस्रो स्थानमा छ। शीर्षस्थानको धनगढीको ६ अंक छ।

प्रकाशित: May 01, 2021| 14:26 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।