सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्ड र ओली बालकोनीमा, ईश्वर पोखरेल 'अन्डरग्राउन्ड'

प्रचण्ड र ओली बालकोनीमा, ईश्वर पोखरेल 'अन्डरग्राउन्ड'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-अध्यक्षमा बराबरीको हैसियतमा कार्यालयको व्यवस्थापन भएका नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल धुम्वाराहीस्थित केन्द्रीय कार्यालयको माथिल्लो तलाबाट तल्लोमा झर्नुपरेको  छ। 

कोटेश्वर पेरिसडाँडाको साटो पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीलाई प्रयोग गर्ने सहमति नेताहरूबीच जुटेको छ । सोहीअनुसार कार्यालयको आन्तरिक व्यवस्थापन गरिएको हो । त्यसको औपचारिक घोषणा भने गरिएको छैन । 

धुम्वाराहीमा 'अन्डरग्राउन्ड'सहित तीन वटा तला छन् । त्यसमध्य मुनिको तलामा बैठक कक्ष छ । सबैभन्दा माथिल्लो तलामा यसअघि अध्यक्ष र महासचिवको कार्यकक्ष थियो। तर, पार्टी एकीकरण भएपछि त्यसमा दुई अध्यक्षको कार्यालय र  अध्यक्षको स्वकीय सचिवालय रहने भएका छन्। 

महासचिवको कार्यालय बीचको तलामा रहने भएको छ। महासचिवका लागि यसअघि घनश्याम भुसाल  र प्रदीप ज्ञवालीको कार्यकक्ष प्रयोग गरिने भएको छ । 

उक्त तलामा संगठन विभाग र प्रचार विभाग रहनेछन् । केन्द्रीय कार्यालय सचिव पनि सोही तलामा बस्नेछन् । तत्कालीन एमालेको विदेश विभाग भने पाटनको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा राखिएको छ। 

पेरिसडाँडास्थित कार्यालयमा भने बाँकी विभाग र जनवर्गीय संगठनहरूका कार्यालय राखिनेभएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।