शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • खेल हारेपछि चितवनका प्रशिक्षक भन्छन्- सन्तुष्ट हुने ठाउँ छ, खेलाडीले होस गुमाउँदा गोल खायौँ

खेल हारेपछि चितवनका प्रशिक्षक भन्छन्- सन्तुष्ट हुने ठाउँ छ, खेलाडीले होस गुमाउँदा गोल खायौँ

चितवन फुटबल क्लबका प्रशिक्षक मेघराज केसीले शनिबारको खेल राम्रो भए पनि आफ्नो टिमले जित निकाल्न नसकेको बताएका छन्। उनले आजको खेलको पहिलो हाफमा गोल गर्ने अवसर भएपनि त्यसलाई उपयोग गर्न नसकिएको बताएका छन्। 
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

काठमाडौं- चितवन फुटबल क्लबका प्रशिक्षक मेघराज केसीले शनिबारको खेल राम्रो भए पनि आफ्नो टिमले जित निकाल्न नसकेको बताएका छन्। उनले आजको खेलको पहिलो हाफमा गोल गर्ने अवसर भएपनि त्यसलाई उपयोग गर्न नसकिएको बताएका छन्। 

‘पहिलो र दोस्रोमा टिम सेट भएका थिए। आज सेट थियो। तर पहिलो हाफमा राम्रो खेले पनि गोल बन्न सकेन,’ उनले भने, ‘दोस्रो हाफमा विपरीत टिमको दुई क्रस नै गोल भएपछि खेल बदलिएको थियो। तेस्रो पटक खेलाडीले होस गुमाउँदा गोल खायौँ। खेलाडीको प्रदर्शनबाट सन्तुष्ट हुने ठाउँ छ। तर गोल चाहिँ नभएको हो।’

उनले नेपालको मैदानमा अफ्रिन खेलाडीेले नै राम्रो गर्ने बताएका छन्। उनले विदेशी खेलाडी गोरानले आफ्नो स्तरको खेल नेपालमा प्रदर्शन गर्न नसकेको बताए।

धनगढी फुटबल क्लबका प्रशिक्षक फुजा तोपेले चितवनलाई राम्रो टिम रहको बताएका छन्। चितवन निकै राम्रो टिम भए पनि आफूले राम्रो खेल्न सकेको र रणनीति राम्रो भएका कारण जित निकालेको उनको भनाइ छ। 

‘पहिलो हाफमा हामीले योजना अनुसार खेल्न सकेनौँ। दोस्रो हाफमा सुधार भएको छ। अहिले हामी शीर्षस्थानमा छौं। हामी उपाधिका लागि खेलिरहेका छौं। सबै टिम एकै लेभलका छन्। प्रतियोगिताको स्तर पनि निकै राम्रो छ। जुन प्रशिक्षकले राम्रा रणनीति बनाउँछ उसैले जित्छ,’ उनले भने।

प्रकाशित: May 01, 2021| 11:15 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।