शुक्रबार, असार २६, २०८३

लगातार दोस्रो जितसँगै एनएसएलको शीर्षस्थानमा धनगढी

नेपाल सुपर लिग (एनएसएल)को अन्तर्गत चितवन फुटबल क्लबविरुद्ध दोस्रो हाफमा गोल गर्दै धनगढी फुटबल क्लबले सहज जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित दुई खेलमध्ये पहिलो खेलमा धनगढीले ३-० गोलको सानदार जित निकालेको हो।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल)को अन्तर्गत चितवन फुटबल क्लबविरुद्ध दोस्रो हाफमा गोल गर्दै धनगढी फुटबल क्लबले सहज जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित दुई खेलमध्ये पहिलो खेलमा धनगढीले ३-० गोलको सानदार जित निकालेको हो।

धनगढीका लागि ओलादिपो ओलावाले अफिज, निशान लिम्बू र बुद्ध बल तामाङले समान १–१ गोल गरेका थिए। त्यसअघि खेलको पहिलो हाफमा चितवनका जर्ज प्रिन्स कार्कीको दुई प्रहार गोलपोस्टको बारमा लागेपछि चितवनले अग्रताको अवसर गुमाएको थियो।

खेलको ८९औं मिनेटमा विदेशी खेलाडी गोरान जोर्कोभिकले गरेको गोल रेफ्री कविन ब्यन्जनकारले अफसाइड करार गरेपछि चिनवनले धनगढीविरुद्ध स्कोरले मान्यता पाउन सकेन।

धनगढीका डिफेन्डर निशान खड्काले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै ६४औं मिनेटमा लिम्बूले गोलमा बदलेका थिए। त्यस्तै, ७४औं मिनेटमा लिम्बूको पासलाई ओलावालेले फ्रि हेडमार्फत गोलमा परिवर्त नगरेका थिए।

यता चितवनको गोल अफसाइड करार भएपछि धनगढीका तामाङले ८०औं मिनेटमा काउन्टर अट्याक गर्दै गोल गरेका थिए। यससँगै धनगढीले पछिल्लो  दुई खेलमा लगातरा जित निकालेको छ।

पहिलो खेलमा विराटनगरसँग ३–० गोलको हार बेहोरेको धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३–० गोलले हराएको थियो। आजको खेलमा पनि उसले चितवनविरुद्ध तीन गोल गरेको छ। यससँगै धनगढी ६ अंक बनाएर अंकतालिकाको शीर्षस्थानमा छ।

जारी लिगमा दुई खेल जित्ने पहिलो टिम धनगढी बनेको छ। यता चितवन दुई बराबरी र एक हारसँगै अंकतालिकाको पुछारमा पुगेको छ।

प्रकाशित: May 01, 2021| 10:45 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।