बुधबार, असार २४, २०८३

अलमुताइरी–नेम्वाङ विवाद समाधान गर्न राखेपले बनायो समिति

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोहम्मद अब्दुल्लाह अलमुताइरी, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई सञ्चारकर्मी विभु श्रेष्ठ र विभा थापाबीच भएको विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सात सदस्यीय समिति बनाएको छ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोहम्मद अब्दुल्लाह अलमुताइरी, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई सञ्चारकर्मी विभु श्रेष्ठ र विभा थापाबीच भएको विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सात सदस्यीय समिति बनाएको छ।

राखेपले आज मंगलबारबाट सात दिनमा अध्ययन सक्नेगरी समिति बनाएको हो। अघिल्लो हप्ताको आइतबार प्रशिक्षक अलमुताइरीले फेसबुक स्टाटस लेख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले आफूलाई दबाब दिएपछि राजीनामा दिन लागेको बताएका थिए।

उनले फेसबुकमा सो जानकारी दिएपछि एन्फाभित्रको आन्तरिक राजनीतिक खिचातानी पनि बाहिरिएको थियो। त्यसपछि आफूले दबाब दिएको कुरा अस्वीकार गरेका नेम्बाङले छानविनका लागि निवेदन दिएका थिए।

यता त्यसअघि चुरोट प्रकरणमा प्रशिक्षक अलुताइरीसँग दुई सञ्चारकर्मी विभु श्रेष्ठ र विभा थापा मुछिएका थिए। उनीहरुले पनि प्रशिक्षकमाथि छानविनका लागि माग गरेका थिए। त्यसपछि एन्फाले शुक्रबार आपतकालिन बैठक आह्वान गरेको थियो।

सो बैठकअघि वरिष्ठ उपाध्यक्ष नेम्बाङले दिएको दबाबबारे छानविन गर्न प्रशिक्षक अलमुताइरीले पनि छानविनको माग गरेका थिए। एन्फाको विभिन्न पक्ष नै विवादमा मिसिएपछि सो बैठकले छानविनको जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालयलाई दिएको थियो। यता मन्त्रालयले हिजो नै सो छानविनको जिम्मेवारी राखेपलाई लिएपछि राखेपले छानविन समिति गठन गरेको छ।

समितिको संयोजकमा राखेप बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखे रहेका छन्।  त्यस्तै सदस्यहरुमा सुवर्ण श्रेष्ठ, चन्द्र बन्दना राई, अर्जुन बिक, रेनुका नगरकोटी, नारायण अर्याल र सरोज पोखरेल छन्।

प्रकाशित: Aug 03, 2021| 17:07 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।