सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चौपटमा लेखक, प्रकाशक र पुस्तक व्यापार

पुस्तक बजारमा प्रकाशकले किताब पठाउन नपाउनु र पुस्तक विक्रेताले किताब बेच्न नपाउँदा प्रकाशक, लेखक, विक्रेता सबै मारमा पर्छन्। 
 |  शनिबार, वैशाख १८, २०७८
nespernesper

राज सरगम

राज सरगम

शनिबार, वैशाख १८, २०७८

पुस्तक बजारमा प्रकाशकले किताब पठाउन नपाउनु र पुस्तक विक्रेताले किताब बेच्न नपाउँदा प्रकाशक, लेखक, विक्रेता सबै मारमा पर्छन्। 

triton college

काठमाडौं - दोस्रो लहरको कोरोना महामारीले निषेध आदेश जारी भएपछि पुस्तक बजार पनि चौपट हुँदै छ। यस्तो अवस्थामा पुस्तक लेखन, प्रकाशन र व्यापारमा संग्लनहरू मारमा त परेका छन् नै, उनीहरू अब आफ्नो पेसा नै धर्मराउने हो कि भनेर पिरोलिन थालेका छन्।

निषेध आदेश जारी भएसँगै पुस्तकको अनलाइन कारोबार पनि बन्द भएको छ। लेखकहरू पनि यस्तो अवस्थामा कुनामा बसेर नयाँ कुरा सिर्जना गर्न नसक्ने बताउँछन्।  

बागबजारको जागरण बुक्स हाउसका गणेश चिताउरे वैशाख १४ गते बिहानदेखि पुस्तक किन्ने पाठक पर्खिरहेका थिए। मुस्किलले एक पाठक आइपुगे। ती पाठकले केही थान किताब किनेपछि प्रकाशक तथा पुस्तक व्यापारी चिताउरेले उत्साहित हुँदै भने, ‘बेचिने अन्तिम किताब यत्ति होला। कोरोनाले त थला पार्ने भयो।’ 

२०७६ चैत ११ गतेदेखि लागेको लकडाउनले अन्य क्षेत्रलाई जस्तै पुस्तक व्यापारी, प्रकाशक तथा लेखकलाई पनि थला पारेको थियो। कोरोना संकटलाई पार लगाइयो भनेर तंग्रिन थालेको बजार २०७८ वैशाख १६ गतेदेखि फेरि निषेध आदेश व्यहोर्दै छ। केही नयाँ पुस्तक प्रकाशनमा ल्याएर बजारमा पठाउन नपाउँदै निषेध आदेश जारी हुँदा प्रकाशकहरू चिन्तित छन्। 

Metro Mart
vianet

‘बाँच्नका लागि खाना जोहो गर्ने बेलामा किताब कसले पढिदिने? अब किताबको बजार ध्वस्तै हुन सक्छ।’

प्रकाशक बुकहिलले बजारमा पठाएको किताबको पैसा उठाउने मौकासमेत पाएन। लेखक कुमार नगरकोटीको नयाँ किताब विमोचनको पूर्वतयारी पनि रोक्नुपर्‍यो।  

अघिल्लो लकडाउनपछि जनजीवन सहज भएझैं लागेर फाइन प्रिन्टले कम्तीमा १० किताब प्रकाशन गरी बजारमा ल्यायो। तर, पुस्तक विक्रेताबाट प्रकाशकले उठाउनुपर्ने पैसा उठाउन नपाउँदै सरकारले फेरि निषेध आदेश लगाउने समाचार आयो। 

फाइन प्रिन्टका अजित बराल भन्छन्, ‘कोरोनाको दोस्रो लहरले दोहोरो मारमा पार्ने स्थिति छ। यो मारबाट तंग्रिन अब निषेध आदेशको अवधिमा भर पर्ने हो।’

७६ चैत ११ बाट लागेको लकडाउनभन्दा अगाडि नै पुस्तक बजारबाट किताबको पैसा उठाउनुपर्ने। तर नयाँ किताब बजारमा नल्याए पुरानो पैसा उठाउन पनि गाह्रै थियो। त्यसैले बजारमा आएको नयाँ किताबको रकमसमेत रोकियो। 

प्रकाशक शिखा बुक्स वैशाखमा पाँच लेखकका किताब विमोचन गर्ने तयारीमा थियो। अब सबै पुस्तकको विमोचन स्थगित भएको छ। ‘बाँच्नका लागि खाना जोहो गर्ने बेलामा किताब कसले पढिदिने? अब किताबको बजार ध्वस्तै हुन सक्छ’, शिखा बुक्सका प्रकाशक पुष्पराज पौड्याल भन्छन्। 

लामो समयदेखि खुद्रा पुस्तक बेच्दै आएका प्राइम बुकका पुरन थापा मगरले त यतिखेर पुस्तक पसल बेच्ने सोच नै बनाएका छन्। उनी भन्छन्, अब किताब पसल कसले किन्ला र?’ 

महिनामा ४५ हजार भाडा बुझाउँदै आएका पुरनलाई अहिले पुस्तक व्यवसायमा किन लागेछु भन्ने पछुतो भएको छ। उनी भन्छन्, ‘अब त अलिअलि रिटेल कारोबार पनि ठप्पै भयो।’ 

प्रकाशकले बजारमा पुस्तक विक्रेतालाई किताब पठाएको तीन महिनापछि पैसा हालिदिने चलन छ। अब यहाँ तीन महिना नपुग्दै पुन लागेको निषेध आदेशले बजारको पैसा उठाउने सम्भव नै देख्दैनन् जागरण बुक्सका प्रकाशक चिताउरे। 

उनी भन्छन्, ‘केही पैसा हालिदिऊँ भन्ने दयालु पुस्तक विक्रेताले पनि यतिखेर आफ्नोबारे सोच्छन्। निषेध आदेश लम्बिँदै गएमा आफ्नै अवस्था नाजुक हुने भएकाले कतिपय पुस्तक व्यापारीले पैसा हालेनन्।’ 

यस्तो अवस्थामा किताब विक्रेता, प्रकाशक मात्रै होइन, लेखकसमेत मारमा पर्ने अवस्था देख्छन् चिताउरे। 

के भन्छन् त लेखक?

अघिल्लो लकडाउनमा धेरै लेखकले किताब लेखे। अधिकांशका पाण्डुलिपि प्रकाशक गृहमा छन्। कतिपय किताब भने लाकोपार्णका लागि पर्खिरहेको थियो। 

लेखक जया ओझा वैशाखमा विमोचन हुने आफ्नो किताबका लागि निकै उत्साहित थिइन्। उनी भन्छिन्, ‘किताब आउन लाग्यो भनेर उत्साहित थिएँ तर निषेध आदेश हुने भएपछि रोक्नुपर्‍यो ।’

लेखक नयनराज पाण्डे पनि वैशाखकै दोस्रो साता नयाँ किताब आउनेमा ढुक्क थिए। तर निषेध आदेश हुने भनेपछि प्रकाशन भएर आएको किताब पनि बजारमा ल्याएनन्। आफ्नो खुसीका लागि मान्छेको भीड गरेर विमोचन गर्न उचित नलागेको बताउँछन् उनी। 

बजारमा प्रकाशकले किताब पठाउन नपाएपछि र विक्रेताले किताब बेच्न नपाएपछि प्रकाशक, लेखक र विक्रेता सबै मारमा पर्ने देख्छन्। पाण्डे भन्छन्, ‘पूर्णकालीन लेखकलाई त निकै गाह्रो हुन्छ।’ 

पूर्णकालीन लेखक आख्यानकार अमर न्यौपानेले अघिल्लो लकडाउनमा केही किताब पढ्ने र नयाँ किताब पुनर्लेखनसमेत भ्याए। अब कोरोनाको भयावह स्थितिले आफ्नो ध्यान तानेको उनी बताउँछन्। 

‘सरकारले पुस्तक डेलिभरी गर्ने छुट दिएको छैन। होम डेलिभरीको अनुमति दिए पनि कोरोना झेल्नचाहिँ सकिन्न।’

किताब छाप्नका लागि लेखिने हो। छापिनु भनेको बजारमा पुर्‍याउनु हो। पाठकको हातमा किताब पुग्नु हो। कोरोना भाइरसको भयले मानव समुदायलाई त्रसित बनाएकाले आफ्नो ध्यान मानव संवेदनासँग जोडिएको न्यौपाने बताउँछन्। उनी भन्छन्, ‘लेखनले भन्दा नि मानवीय संवदेनाले छुन्छ। मेरो ध्यान पुस्तक बजारको भन्दा जीवन र जगततिर केन्द्रित छ।’  

लेखक यतिखेर कुनमा बसेर लेखिरहन नसक्ने बताउँछन् न्यौपाने। उनी भन्छन्, ‘समाज शान्त छैन। भागदौडमा छ। त्यसैले लेखनभन्दा जीवनका बारेमा सोचिरहेको छु।’ 

प्रकाशक बजार, पाठक र लेखक सबैसँग जोडिएकाले लेखक बेफिकर रहन नसक्ने बताउँछन् न्यौपाने। सपरिवार पाथीभाराको दर्शन गर्न हिँडेका न्यौपाने १४ गते पाथीभाराको दर्शन गर्ने अन्तिम तीर्थालु भए। लेखक न्यौपानेले पाथीभराको दर्शन गर्न मुस्किलले पाएको बताउँछन्। भन्छन्, ‘१६ गतेबाट लाग्ने निषेध आदेशको समाचार बाहिरिने बित्तिकै मन्दिर बन्द भयो।’ 

अनलाइन डेलिभरी सम्भव छैन

वैशाख १५ गते बुक हिलका प्रकाशक भूपेन्द्र खड्का सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि साँझ ८ बजेसम्म काठमाडौं उपत्यकामा तपाईंको घरसम्म कुनै किताब डेलिभर गर्नुपरेमा सम्झनुहोला।’

अघिल्लोपटक बुकहिलले केही किताब अनलाइन डेलिभरी दिएको पनि थियो। तर यसपालि त्यो अवस्था नरहेको बताउँछन् उनी। उनी भन्छन्, ‘निषेध आदेशमा पुस्तकको अनलाइन कारोबार सम्भव छैन।’ 

फाइन प्रिन्टका निर्देशक बराल नेपालको अनलाइन बजार सानो भएकाले जोखिम उठाउन नचाहेको बताउँछन्। उनी भन्छन्, ‘सरकारले पुस्तक डेलिभरी गर्ने छुट दिएको छैन। होम डेलिभरीको अनुमति दिए पनि कोरोना झेल्नचाहिँ सकिन्न।’

बरालका कुरामा सहमत छन्, जागरण बुक्सका प्रकाशक गणेश चिताउरे पनि। उनी भन्छन्, ‘भीड रोक्न गरिएको निषेध आदेशले पुस्तक व्यापार नै धरापमा आउँछ।’

प्रकाशित: May 01, 2021| 01:54 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।