बिहीबार, माघ ८, २०८२

क्यानले स्थगित गर्‍यो सबै प्रतियोगिता

कोभिड-१९ को महामारीका कारण नेपाल त्रिकेट संघ (क्यान)ले आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- कोभिड-१९ को महामारीका कारण नेपाल त्रिकेट संघ (क्यान)ले आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ। क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगितासँगै सबै कार्यक्रम स्थगित भएको जानकारी गराएको हो।

National life

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ को महामारीको वर्तमान अवस्थामा सुधार आएर संघबाट अर्को सूचना जारी नभएसम्म प्रस्तावित सबै प्रतियोगिता स्थगित गरिएको छ।’

क्यान आगामी केही दिनमा यू-१९ को छनोट कार्यक्रम आयोजना गर्ने तयारीमा थियो। त्यस्तै, भारतको उत्तराखण्डको टिमसँगको महिला टिमको प्रतियोगिता रद्ध भएपछि क्यान अर्को प्रतियोगिताको तयारीमा थियो।

अहिले यी सबै प्रतियोगिता स्थगित गरिएको क्यानले बताएको छ। त्यस्तै, क्यानले यो समयमा विभिन्न क्लबले आयोजना गर्ने कार्यक्रमको लागि कार्यविधि निमार्ण गर्ने भएको छ।

प्रकाशित: Apr 30, 2021| 13:43 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।