शनिबार, साउन १२, २०८१

महामारी बढेपछि कांग्रेस महाधिवेशन सर्ने चिन्ता

कोरोना भाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न जिल्लामा निषेधाज्ञा गरिएको छ। महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएकाले भदौमा तोकिएको महाधिवशेनलाई असर गर्ने देखिएको हो। 
 |  शुक्रबार, वैशाख १७, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ बाट हुने गरी तोकिइसकिएको छ। तर, कोरोना महामारीको जोखिम कम गर्न विभिन्न जिल्लामा जारी गरिएको निषेध आदेशले तोकिएको समयमै महाधिवेशन हुनेमा आशंका उत्पन्न हुन थालेका छन्।  

triton college

कोरोना भाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न जिल्लामा निषेधाज्ञा गरिएको छ। महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएकाले भदौमा तोकिएको महाधिवशेनलाई असर गर्ने देखिएको हो। 

विधानअनुसार गत फागुन १९ सम्ममा कांग्रेस महाधिवेशन भइसक्नुपर्ने थियो। तर, गत वर्ष लामो समय कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आवश्यक तयारी गर्न नसकिने भन्दै संविधानको सहारा लिएर भदौमा महाधिवेशन गर्ने गरी मिति तय गरिएको छ। 

‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ,’ संविधानको भाग २९ अन्तर्गत धारा २६९ को उपधारा ४(ख) मा भनिएको छ, ‘तर विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन।’ 

भदौभित्र महाधिवेशन नभए कांग्रेसको वैधानिकता समाप्त हुनेछ। एकतर्फ पार्टी वैधानिकताका लागि संवैधानिक बाध्यता र अर्को तर्फ महामारीका कारण कांग्रेसलाई भदौमा महाधिवशेन सक्नुपर्ने दोहोरो चुनौती छ। 

Metro Mart
vianet

केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उपनिर्वाचनसँग जोडेर कांग्रेस महाधिवेशनको विषय उठेपछि सभापति देउवामाथि इतर समूहले आशंका बढाएको हो। आशंकाबीचमा पनि तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ छ।  

कांग्रेसले अगामी असार ५ गते, गाउँ–नगरपालिका अधिवेशन, असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने गरी कार्यतालिका बनाएको छ। तर, महामारी फैलँदै गएमा कार्यतालिका अनुसार काम हुनेमा आशंका छ। 

सभापति देउवा भने तोकिएकै मितिमा महाधिवशेन हुने दाबी गर्छन्। शुक्रबार आफ्नै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशन धकेल्न नखोजिएको दाबी गरेका हुन्। उनले पौडेल पक्षले भनेजस्तो आफू महाधिवेशन सार्ने पक्षमा नभएको उल्लेख गरे। 

1619776556.jpg
पत्रकार सम्मेलनमा देउवा।

‘उहाँहरूले यस्ता आरोप लगाइरहनुहुन्छ। म पार्टी सभापति भएपछि यस्तै गर्दै आउनुभएको छ। जे पनि भन्नुभएको छ,’ उनले भने, ‘नेपालको संविधान अनुसार महाधिवेशन कुनै पनि हालतमा हुनैपर्छ। संविधान संशोधन गर्न दुई तिहाइ चाहिन्छ। त्यो सम्भव छैन।’ 

अढाई लाख क्रियाशीलको विवरण आउन बाँकी
महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले अहिले क्रियाशील सदस्यताको विवरण संकलन गरिरहेको छ। १० लाख क्रियाशील सदस्यता पुर्‍याउने लक्ष्य राखेको कांग्रेसले सफ्टवेयर प्रणालीमार्फत क्रियाशील सदस्यको विवरण अद्यावधिक गरिरहेको छ। तर, हालसम्म विवरण संकलनको काम सकिएको छैन। क्रियाशील सदस्यता छानबिन समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार हालसम्म ७ लाख ५० हजारको विवरण इन्ट्री गरिएको छ। अब दुई लाख ५० हजारको विवरण आउन बाँकी छ।  

सिन्धुपाल्चोक, सिरहा, सप्तरी र बाराले हालसम्म क्रियाशील विवरण भर्न थालेका छैनन्। यी चार जिल्लालाई वैशाख मसान्तसम्म विवरण इन्ट्री गर्न भनिएको छ। ‘विवरण भर्न बाँकी रहेका जिल्लालाई वैशाख मसान्तको समय दिएका छौं,’ पौडेलले भने।  

नेताहरु भन्छन्- महाधिवेशन हुनुपर्छ
कांग्रेसका नेता-कार्यकर्ता भदौ ७ मै महाधिवेशन हुनुपर्ने पक्षमा छन्। तर, कोरोना महामारीलाई कारण देखाउँदै सभापति शेरबहादुर देउवाको मनस्थिति महाधिवेशन नगर्ने भन्ने आउन पनि सक्छ। यस्तो द्विविधा कांग्रेसका कार्यकर्ताहरूलाई मात्र होइन, शीर्ष तहका नेताहरूलाई पनि छ।

केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उपनिर्वाचनसँग जोडेर कांग्रेस महाधिवेशनको विषय उठेपछि सभापति देउवामाथि इतर समूहले आशंका बढाएको हो। आशंकाबीचमा पनि तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ छ।  

पार्टीको वैधानिकता सकिने खतरा देखिएकाले पार्टी बचाउनुपर्ने उनले बताए। ‘वैधानिकता र अवैधानिकताबारे हाम्रो पार्टीको नेतृत्वले पर्वाह गर्न नै छोड्यो। यस्ता कुरामा चिन्ता नै भइराखेको देखिन्न। हाम्रो पार्टीको कार्यकाल सकिएको त डेढ वर्ष भइसक्यो,’ पौडेलले भने, ‘अहिले पनि मानिसहरूलाई चिठ्ठी काटिँदै छ। अहिले सबै क्षेत्रमा ‘स्मुथली’ क्रियाशील सदस्यता वितरण भयो, तर जहाँ सभापति र उपसभापतिको प्रभाव छ, त्यहाँ खेल भयो। पार्टी प्रवेशको नाममा मनपरी ढंगले क्रियाशील सदस्यता बाँड्ने, कब्जा गर्ने खालको नीतिनियत लिइएको छ। त्यसैले यो पार्टी कसरी बचाउने भन्ने संकटमा हामी छौं।’ 

1601908600.jpg
रामचन्द्र पौडेल

उनले महाधिवेशन हुन नसक्ने अवस्था आए के गर्ने भन्नेबारे छलफल नभएको तर अहिले तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्नेमा आफू अडिग रहेको बताए। ‘वैकल्पिक बाटोको विषयमा केन्द्रीय समितिमा छलफल भएको छैन। हुन त मैले आफ्ना कुरा समितिमा थोरै प्रवेश त गराएको छु,’ उनले भने, ‘अहिले विकल्पबारे छलफल गर्ने बेला भएको छैन। अहिले त यही अधिवेशनलाई नै सम्पन्न गर्नेमा हामी छौं।’

‘उहाँहरूले यस्ता आरोप लगाइरहनुहुन्छ। म पार्टी सभापति भएपछि यस्तै गर्दै आउनुभएको छ। जे पनि भन्नुभएको छ,’ देउवा भन्छन्, ‘नेपालको संविधान अनुसार महाधिवेशन कुनै पनि हालतमा हुनैपर्छ। संविधान संशोधन गर्न दुई तिहाइ चाहिन्छ। त्यो सम्भव छैन।’  

सहमहामन्त्री डा. प्रकाशशरण महत अहिले नै महाधिवेशन हुँदैन कि भनेर चिन्ता गर्नुपर्ने बेला आइनसकेको बताउँछन्। भोटिङ हुने बेलामा विषम परिस्थिति आइनपरे महाधिवेशन हुने कुरामा शंका गर्न नहुने उनको भनाइ छ। 

डा प्रकाशशरण महत। 

‘अहिलेको परिस्थितिले महाधिवेशनको कार्यतालिकालाई खास प्रभाव परेको छैन। भोटिङ हुने बेलामा विषम परिस्थिति भयो भने अर्कै कुरा हो,’ उनले भने, ‘महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी हामी अघि बढेका छौं। र महाधिवेशन हुन्छ।’ 

नेता प्रदीप पौडेल भने क्रियाशील सदस्यताको टुंगो लागिसक्दा महाधिवेशनको ६० प्रतिशत तयारी पुरा हुने बताउँछन्। त्यसका लागि निरन्तर काम भइरहकाले महाधिवेशन तयारीमा कुनै बाधा उत्पन्न नभएको उनको भनाइ छ। ‘अहिलेको परिस्थितीले हामीलाई भदौमा महाधिवेशन गर्न समस्या पार्दैन। क्रियाशील सदस्यताको काम टुंगो लागेपछि महाधिवेशनका लागि गर्नुपर्ने ६० प्रतिशत काम सकिन्छ,’ उनी भन्छन्, ‘अब परिस्थिति जटिल बन्दै गयो, महामारीले विकराल रुप लियो भने त के गर्न सकिन्छ र? तर अहिलेकै स्थितिले भने कुनै असर गर्दैन।’ 

प्रकाशित: Apr 30, 2021| 14:52 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।