शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयो : ओली

वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयो : ओली

 |  शनिबार, मंसिर ६, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०८२

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण भएको बताएका छन्।

National life

शनिबार भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यो सरकार हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको भन्दै यसलाई संविधानले कुनै हालतमा उचित भन्न नसक्ने बताए।

उनले भने, ‘हामी सबैलाई थाहा भएको कुरा हो, देशमा संविधान अनुसार नबनेको सरकार छ। संविधान मिचेर बनाएको सरकार छ। लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ। यो सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण गरिएको हिंसा, अशान्ति, आगजनि, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ। सरकारलाई संविधानले कुनै हालतमा उचित भन्न सक्दैँन्। यसको उत्पत्ति नै गलत बाटोबाट भएको छ।’

यस्तै, कसैले अवैध र असंवैधानिक, अलोकतान्त्रिक तरिकाले, एकछिनका लागि सत्ता र सरकार कब्जा गरिहाल्यो भने पनि नेकपा एमालेले त्यसलाई छिटै अन्त्य गर्ने पनि उनको दाबी छ।

उनले भने, ‘कसैले कुनै हिसाबले कुनै अवैध र असंवैधानिक, अलोकतान्त्रिक, असामाजिक तरिकाले यस देशमा कुनै गडबढी मचाएर एकछिनका लागि सत्ता कब्जा गरिहाल्यो, सरकार कब्जा गरिहाल्यो भने त्यस अवस्थालाई फेरि लोकतान्त्रिक अवस्थामा फर्काउने छौं। फेरि संवैधानिक बाटोमा फर्काउने छौ। मिचिएको संविधानलाई नमिचेको अवस्थामा फेरि फर्काउने छौ। अराजकताको राज धेरै लामो समयसम्म टिक्न सक्दैँन्। नेकपा एमालेले त्यसलाई छिटै अन्त्य गर्छ।’

Laxmi sunrise bank
kumari

उनले आफूहरूले सामाजिक सञ्जाल नियमन गर्ने प्रयास गरिरहेको बेलामा जेनजीको नाममा युवाहरुलाई दुरुपयोग गरेर आन्दोलनको लागि उकासेको बताए।

उनले भने, ‘संसारमा जेनजी नामको अस्वभाविक शब्द अगाडि सारिएको छ। यसरी जेनजीका नाममा युवाहरूलाई भ्रममा पर्ने र उनीहरूको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भयो। भ्रष्टाचारको विरुद्ध हामी लडिरहेका थियौँ। सुशासन र विकासको पक्षमा हामी लडिरहेका थियौँ। देशमा प्रेस स्वतन्त्रताको पक्षमा हामी दृढ भएर उभिएका थियौं। हामीले हाम्रो देशको कानुन मानेर काम गरिरहेका थियौँ। त्यस्तो बेलामा युवाहरुलाई जेनजीका नाममा आन्दोलनको लागि उकासियो, हामीले त्यसको विरोध गरेनौ तर भदौ २३ गतेको आन्दोलनको पछाडि षड्यन्त्र लुकेको थियो। त्यसपछिको घटना सबै षडयन्त्र थियो र त्यही षडयन्त्रबाट देश पनि जल्यो।’

नेकपा एमाले चुनाव लड्न, सरकारमा पुग्न, सांसद हुन, मन्त्री, प्रधानमन्त्री हुनको लागि बनाइएको नभई देश र जनताको लागि बनाइएको पार्टी भएको पनि उनको दाबी छ।

प्रकाशित: Nov 22, 2025| 15:57 शनिबार, मंसिर ६, २०८२
प्रतिक्रिया दिनुहोस्