शुक्रबार, कात्तिक २८, २०८२

फिल्म निर्माता गोविन्दलाई अदालतले दियो सफाइ

फिल्म निर्माता तथा वितरक गोविन्द शाहीलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- फिल्म निर्माता तथा वितरक गोविन्द शाहीलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ।

National life

फिल्म लिलिबिलीमा लगानीका विषयमा भएको विवादका कारण उनीविरुद्ध परेको ठगी मुद्दामा गोविन्दले अदालतबाट सफाइ पाएका हुन्।

जिल्ला अदालत काठमाडौंले गठी मुद्दामा फैसला गर्दै मंगलबार गोविन्दलाई निर्दोष ठहर गरेको हो।
लिलिबिली फिल्मको शेयर रकम ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ नदिएको र नदेखाएको भन्दै २०७६ कार्तिकमा फिल्मका निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले शाहीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

ठगीको उजुरी परेपछि शाहीलाई प्रहरीले पटकपटक पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले पनि उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। २ साता हिरासतमा बिताएपछि उनी बन्दी प्रत्यक्षकरणमा रिहा भएका थिए।

पटकपटक पक्राउ पर्दै दुःख पाएका शाहीले सरकारी पदासिन व्यक्तिको अधिकार दुरुपयोग गरी अरुलाई दुख दिने काम भएको आरोप लगाएका थिए।

Laxmi sunrise bank
kumari

उनले फिल्ममा आफूले गरेको लगानीलाई नजरअन्दाज गरेको र चाम्स र खड्काले दुःख दिने र बदनाम गर्ने नियतले आफूमाथि मुद्दा हालेको बताउने गरेका थिए।
जिल्ला अदालत काठमाडौंले सबै प्रमाणको अध्ययनपछि शाही निर्दोष रहेको फैसला गरेको हो।

प्रकाशित: Apr 30, 2021| 12:21 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्