शुक्रबार, असार २६, २०८३

सुपर लिगमा कसले बनाउला पहिलो ६ अंक ?

नेपाल सुपर लिग (एनएसएल)मा बिहीबारबाट तेस्रो चरणका खेल सुरु भए। तर तेस्रो खेलमा सहभागी बनेको धनगढीले दोस्रो जित निकाल्न सकेन र ललितपुर क्लबसँग बराबरीमा रोकियो।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल)मा बिहीबारबाट तेस्रो चरणका खेल सुरु भए। तर तेस्रो खेलमा सहभागी बनेको धनगढीले दोस्रो जित निकाल्न सकेन र ललितपुर क्लबसँग बराबरीमा रोकियो।

यता सबै टिमले दुई खेल खेलिसक्दा पनि कुनै टिमले लगातार दोस्रो जित निकाल्न सकेका छैनन्। यसले प्रतियोगितामा प्रतिस्पर्धाको कतिको चुनौतीपूर्ण छ भन्ने प्रस्ट पारेको छ।

अहिले अंक तालिकाको शीर्षस्थानमा रहेका बुटबल र धनगढीले समान ४ अंक बटुलेका छन्। उनीहरुले एक जित र एक बरबरी खेलेका छन्।

सुपर लिगको आज (शुक्रबार)को खेलमा भने काठमाडौं रेजर्स र पोखरा थन्डर्स भिड्दैछन्। र, प्रतियोगितामा पहिलो ६ अंक जोडने अवसर दुई टिमलाई छ।

दुवै टिमको अहिले समान ३–३ अंक छ। दुवैले एक खेल हारिसकेका छन्। काठमाडौंले पहिलो खेलमा ललितपुरलाई हराएको थियो भने दोस्रो खेलमा धनगढीसँग पराजित भएको थियो।

यता पोखरा थन्डर्स पहिलो खेलमा बुटबल लुम्बिनीसँग हारेको थियो भने दोस्रो खेलमा विराटनगरलाई हराएको थियो। यसकारण उनीहरुमध्ये एकले आजको खेलमा जित निकाल्दै ६ अंक जोड्न सके तालिकाको शीर्षस्थानमा पुग्ने अवसर हुनेछ।

साथै, जारी लिगमा दोस्रो जित निकाल्दै उपाधि दावेदारीमा कायम रहने आशाका साथ आज साँझ साढे पाँच बजे काठमाडौं रेजर्सले पोखरा थन्डर्सको सामना गर्दैैछ।

खेल दशरथ रंगशालामा हुनेछ।
 

प्रकाशित: Apr 30, 2021| 10:10 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।