मकवानपुर- मकवानपुरको बकैया गाउँपालिमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । बकैया ९ च्याउँच्याउँमा मंगलबार राती चट्याङ पर्दा ५५ वर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बोटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर ४ जना घाइते भएका छन् । घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ ।
मकवानपुरमा वर्षेनी चट्याङ लागेर आधा दर्जन भन्दा बढिको मृत्यु हुने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४