मंगलबार, साउन १९, २०८३

पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने

पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सम्पूर्ण परीक्षाहरू वैकल्पिक विधिबाट सञ्चालन गर्ने जनाएको छ। 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं - पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सम्पूर्ण परीक्षाहरू वैकल्पिक विधि (अनलाइन) बाट सञ्चालन गर्ने जनाएको छ। 

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण बढ्दै गएकाले सरकारको निर्देशनअनुसार भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित सम्पूर्ण परीक्षाहरू स्थगित भइसकेको सन्दर्भमा अब पोखरा विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने जनाएको हो । 

कोरोना महामारीका कारण भौतिकरूपमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि विश्वविद्यालयले परीक्षा वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने तयारी गरेको पोखरा विश्वविद्यालयको परीक्षा शाखाले जनाएको छ । 

यसअघि नै पोखरा विश्वविद्यालय परीक्षा समितिको बैठकले भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित सम्पूर्ण परीक्षा स्थगित गरिसकेको छ।
 

प्रकाशित: Apr 30, 2021| 06:39 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्