सोमबार, असार २९, २०८३

डेढ अर्ब ठग्ने सुधीर बस्नेत धरौटीमा रिहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भक्तपुर- ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । 

सहकारीको निक्षेप ठगी आरोपमा २०७३ साल पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेपछि काठमाडौँ र भक्तपुर जिल्ला अदालतले जेल सजाय सुनाएपछि उहाँ डिल्लीबजार सदरखोरमा सजाय भोगिरहेका थिए । 

यसअघि काठमाडौँले २ वर्ष कैद र रु पाँच करोड ९१ लाख ९७ हजार जरिवाना र सोही प्रकृतिको अर्को मुद्दामा ६ महिना कैद र चार लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो । 

यस्तै, भक्तपुर जिल्ला अदालतले पनि २ वर्ष कैद र रु ८४ हजार जरिवानाको फैसला सुनाएको थियो । भक्तपुर जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माको एकल इजलासले राम खयरगोलीको जाहेरी रहेको मुद्दामा रु सात लाख, गंगालाल खयरगोलीको जोहेरी मुद्दामा रु पाँच लाख र न्यायाधीश मोहमद जुनेद आजादको इजलासले जगत त्वायनाको जाहेरी मुद्दामा ५० हजार माग गरेको धरौटी रकम बुझाएपछि बस्नेत तारेकमा रिहा भएको अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।  

बस्नेतमाथि भक्तपुर, काठमाडौँ र स्याङ्जा जिल्ला अदालत तथा उच्च अदालत पाटनमा दर्जनभन्दा बढी मुद्दा रहेको बताइएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।