शुक्रबार, असार २६, २०८३

बार्सिलोनाले गुमाएको अवसर

लियोनेल मेस्सीले २३औं मिनेटमा बनाएको अग्रता जोगाउन नसकेपछि बिहीबार रातिको खेलमा क्याटलोनियल क्लब बार्सिलोनाल पराजित भयो।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं – लियोनेल मेस्सीले २३औं मिनेटमा बनाएको अग्रता जोगाउन नसकेपछि बिहीबार रातिको खेलमा क्याटलोनियल क्लब बार्सिलोनाल पराजित भयो।

कोपा डे रेको उपाधि भर्खरै उचालेर ला लिगा उपाधि दौडमा होमिएको बार्सिलोनाले गएरातिको खेलमा कमजोर प्रदर्शन गर्दै आठौं स्थानको ग्रानाडासँग हार बेहोर्‍यो।

कप्तान मेस्सीले अग्रता बनाएको खेलको पहिला हाफसँग क्याटलोनियन क्लबले दबाब बनाएको थियो। खेल अवधिभर ८२ प्रतिशत समय बलमा पकड बनाएको बार्सिलोनलो चार प्रहार सही ठाउँमा गरेको थियो।

तर, ग्रनाडाको मात्र दुई प्रहार पनि सही ठाउँमा परेपछि नाउ क्याम्पमै बार्सिलोनाले २–१ गोलको हार बेहोर्यो। ग्रनाडाका लागि डर्बिन मचिज र जोर्ज मालिनाले समान १–१ गोल गरे।

उसोल गएरातिको खेलअघि बार्सिलोनाको हातमा एक खेल बाकिँ हुँदा उसलाई शीर्षस्थानमा जाने स्पष्ट अवसर थियो। अहिलेका अंकतालिकामा पहिलो दोस्रो र तेस्रो स्थानका क्लबले मात्र दुई अंकका भिन्नता छ।

उस्तै प्रतिस्पर्धि सेभिया पनि शीर्षस्थानको एट्लेटिकोभन्दा तीन अंकमात्र पछि छ। उपाधि दौडको हिसाबले यो धेरै नै पेचिलो प्रतिस्पर्धा हो। लिगमा पाँच खेलमात्र बाँकि रहँदा उपाधि कसले लैजाला भन्न मुस्किल पर्छ।

तर, ३३औं चरणका खेल चलिरहँदा खेल गुमाउने बार्सिलोना मात्र होइन्। गत सोमबारको खेलमा एट्लेटिको मड्रिडले पनि २–१ गोलको हार बेहोर्दै तीन अंक गुमाएको थियो। त्यस्तै, गत आइतबारको खेलमा गोलरहित बराबरीमा रोकिएपछि रियल मड्रिडले दुई अंक गुमायो।

अहिले शीर्षस्थानका तीनै क्लबलाई अंकदूरी बढाउने अवसर थियो। तीनै क्लबले गुमाएका छन्। यसकारण पछिल्लो खेलमा जित निकाल्दै सेभिया पनि शीर्षस्थानको नजिक आइपुगेको हो।

प्रकाशित: Apr 30, 2021| 03:30 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।