काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्री ६ दिने भ्रमणका लागि बुधबार मित्रराष्ट्र भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय सेनाध्यक्ष विपिन राउतको औपचारिक निमन्त्रणामा उनी भारत प्रस्थान गर्न लागेको सैनिक मुख्यालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानसेनापति क्षत्री २६ जेठमा देहरादुनस्थित भारतीय सेनाको एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको अवलोकन गर्नेछन् ।
प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्द्रपूर्ण बनाउने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तीमार्फत जनाएको छ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी क्षत्री २८ जेठमा स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४