काठमाडौं – नवनियुक्त प्रशिक्षक अब्दूल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपाली राष्ट्रिय फुटबल टिमले आमागी मे २९ तारिकमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का अनुसार मे मा हुने खेल इराकमा हुनेछ।
साथै एन्फाले आज मात्र प्रतियोगिता कन्फर्म भएको जानकारी दिएको छ। अघिल्लो हप्ता नै कतार एसोसिएसनले सामाजिक सञ्जाल फेसबुकमा नेपालसँग खेल्ने जानकारी पोस्ट गरेको थियो।
नेपाली राष्ट्रिय टिमले यसअघि पनि इराकसँग तीन पटक खेलिसकेको छ। नेपालले पछिल्लो समय २००१ को अप्रिलमा इराकसँग खेलेको थियो। उक्त विश्वकप छनोटको खेलमा इराकसँग नेपाल ४–२ गोलले पराजित भएको थियो।