शुक्रबार, असार २६, २०८३

आईपीएलमा दिल्ली र मुम्बईको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटलले जित निकालेको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटलले जित निकालेको छ। अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो रंगशालामा भएको खेलमा दिल्ली क्यापिटलले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ताले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा १६ ओभर तीन बलमा तीन विकेट गुमाउँदै  दिल्लीले लक्ष्य पुरा गरेर खेल जितेको हो।

कोलकत्ताका लागि अन्द्रे रसेलले ४५, सुभमन गिलले ४३ र राहुल त्रिपतिले १९ रनको योगदान दिए। यता दिल्लीका अक्षर पटेल र ललित यादवले समान २–२ विकेट लिँदा अवेश खान र मार्कस स्टोइनिसले समान १–१ विकेट लिए।

दिल्लीको ब्याटिङमा पृथ्वी शले ८२ रन बनाए भने शिखर धवनले ४६ रन जोडे। ऋषभ पन्त भने १६ रनम आउट भए। कोलत्ताका पट कमिन्सले तीन विकेट गिराए।

बिहीबार साँझ सम्पन्न आईपीएलको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको छ।

टस हारेर ब्याटिङ सम्हाल्दै १७१ रन बनाए पनि जवाफी ब्याटिङमा मुम्बईले १७२ रनको लक्ष्य सहजै पुरा गरेको थियो।

राजस्थानका लागि यशश्वी जैसवाल र जस बटलरले ६६ रनको साझेदारी गरे। त्यस्तै सन्जु समसनले सर्वाधिक ४२ रन जोडे। इता मुम्बईका राहुल चहरले दुई विकेट गिराए।

ज्वाफमा मुम्बईका क्विन्टन डिककले ७० र क्रुनल पाड्याले ३९ रन जोडे। राजस्थानका क्रिस मोरिसले दुई विकेट लिए।

यससँगै जारी सिजनको आईपीएलमा तेस्रो जित निकाल्दै ६ अंक बनाएर मुम्बई चौथो स्थानमा छ। पराजित राजस्थानमा पुछरबाट दोस्रो स्थानमा छ। यता एकमात्र खेल हारेको दिल्लीको १० अंक हुँदा कोलकत्ताको चार अंक छ।

प्रकाशित: Apr 30, 2021| 00:51 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।