शुक्रबार, असार २६, २०८३

घम्साघम्सीपूर्ण खेलमा ललितपुर र धनगढीले अंक बाँडे

नेपाल सुपर लिग फुटबलमा बिहीबार भएको घम्साघम्सीपूर्ण खेलमा ललितपुर एफसी र घनगढी एफसीले अंक बाँडेका छन्।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं- नेपाल सुपर लिग फुटबलमा बिहीबार भएको घम्साघम्सीपूर्ण खेलमा ललितपुर एफसी र घनगढी एफसीले अंक बाँडेका छन्। दुबै टोलीले खेलमा १–१ गोलको बराबरी गर्दै १–१ अंक बाँडेका हुन्।

पहिलो हाफमा गोलरहित रहेका दुबै टोलीको दोस्रो हाफमा गोल सम्भव भएको हो। धनगढीका ओलावाले अफिज ७२ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको ८९ औँ मिनेटमा ललितपुरका लागि रञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

खेलमा धनगढीका दिनेश राजवंशीले प्लेयर अफ दि म्याच हुँदै २५ हजार नगद पुरस्कार प्राप्त गरे भने ललितपुरका निरज बस्नेतले प्रोमोसिङ प्लेयर बन्दै १० हजार पुरस्कार प्राप्त गरे।

पहिलो हाफमा तनावपूर्ण बनेको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएका हुन्। आजको बराबरीसँगै ललितपुरले २ अंक जोडेको छ भने धनगढीको ४ अंक पुगेको छ।
याे पनि

घम्साम्सीपूर्ण बन्यो धनगढी र ललितपुरको खेल

प्रकाशित: Apr 29, 2021| 14:03 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।