बिहीबार, माघ ८, २०८२

घम्साम्सीपूर्ण बन्यो धनगढी र ललितपुरको खेल

नेपाल सुपर लिग (एनएसएल) मा सुरुवाती मिनेटबाटै प्रतिस्पर्धात्मक बनेको खेल घम्साघम्सीपूर्ण बनेको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं-  नेपाल सुपर लिग (एनएसएल) मा सुरुवाती मिनेटबाटै प्रतिस्पर्धात्मक बनेको खेल घम्साघम्सीपूर्ण बनेको छ।
खेलको पाँचौ मिनेटमै ललितपुरका अन्जन विष्टले गरेका गोल अफसाइड भएको थियो। उनले धनगढीका किपर किरण कुमार लिम्बुबाट फिर्ता आएको बललाई प्रहार गर्दै पोस्टमा छिराएका थिए।

National life

अफसाइड करार भएपछि निकै आक्रामक बनेको ललितपुरले राम्रो बल पोसेसन राखेर खेलिरहेको छ।
खेलको २७ औं मिनेटमा ललितपुले प्रहार गरेको फ्रि किकलाई धनगढीका खेलाडीले क्लियर गरेको बल एरिक विस्टले प्रहार गरे पनि पोस्ट नजिकैबाट बाहिरिएको थियो। यससँगै ललितपुर गोल गर्ने अवसरमा चुकेको थियो।

कमै समय मात्र बलमा नियन्त्रण बनाएको धनगढीले जारी खेलमा कमै पोस्ट अट्याम्म गरेको छ। खेलको ३८ औं मिनेटमा धनगढीका र्दशन गुरुङले बल जितेर अघि बढाइसकेको अवस्थामा ललितपुरका कमल श्रेष्ठले विशाल राईमाथि फल गरेका थिए।

त्यसको दुई मिनेटमै ललितपुरका विमलमाथि फल भएको थियो। निकै फर्ममा देखिएका विमल रानामाथि फल भएपछि ललितपुका खेलाडी आक्रोशित देखिका थिए।

त्यसपछिको एक कर्नर बललाई धनगढीका गोलकिपर लिम्बुले बचाइसकेका थिए। तर किपरबाट फर्किएको बल किपरलाई नै बिट गर्दै ललितपुकार फरवार्ड अन्जन विष्टले किपररहित पोष्ट अघि प्रहार गरे। तर डिफेन्डर निशान खड्काले बल क्लियर गरेपछि अन्जनको गोल पोस्टभित्र छिर्न सकेन।

Laxmi sunrise bank
kumari

यससँगै अन्जनले जारी लिगमा पहिलो गोल गर्ने निकै दुर्लभ अवसर गुमाए। त्यसपछि उनी निकै आक्रोशित देखिए।
त्यही आक्रोशबीच गोलकिपर लिम्बूले गोल पास दिने क्रममा विष्टलाई अनावश्यक प्रहार गर्दै लडाएका गिए। यसकारण रेफ्री उनलाई कार्ड देखाउँदै ललितपरलाई पेनाल्टीको अवसर पनि प्रदान गरे।
यसबीच दुई टिमबीच तिक्तता निकै उत्कर्षमा पुगेको थियो।

अघिल्लो खेलमै पेनाल्टी मिस गरेका अन्जनले विदेशी खेलाडी नुर्लानलाई पेनाल्टीको अवसर प्रदान गरेका थिए। यता निकै अनुभवी गोलकिपर किरणले पेनाल्टी सहजै रोके। यससँगै  ललितपुले जारी लिगमा दोस्रो पेनाल्टी गुमायो।

पहिलो हाफको निर्धारित समय एक मिनेट बाँकी रहँदा विशाल राईले विलियम पोसिन्कोभिचमाथि फल गर्न पुगे। केही समयअघि पनि प्रहार भोग्दै सामान्य घाइते बनेर खेलमा फर्किएका विलियममा माथि पुनः फल भएपछि उनीसहित पुरा टिम आक्रोशित बनेको थियो।

खेलका झगडाको स्थिति उत्पन्न भएपछि रेफ्री र धनगढीको दिनेश राजवंशीलाई झगडा साम्य पार्न निकै कसरत गर्नु परेको थियो।

प्रकाशित: Apr 29, 2021| 13:41 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।