शुक्रबार, असार २६, २०८३

जेठमा गर्ने भनिएको ए डिभिजन लिग फुटसल सर्न सक्ने

आउँदो जेठ १ बाट २२ गतेसम्मका लागि निर्धारण गरिएको ए डिभिजन फुटसल लिग सर्ने सम्भावना बढेको छ। लिगका प्रमुख विनेद गुरुले प्रतियोगिता सर्न सक्ने बताएका छन्।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं- आउँदो जेठ १ बाट २२ गतेसम्मका लागि निर्धारण गरिएको ए डिभिजन फुटसल लिग सर्ने सम्भावना बढेको छ।
लिगका प्रमुख विनेद गुरुले प्रतियोगिता सर्न सक्ने बताएका छन्।

‘हामीले जेठ १ गतेदेखि प्रतियोगिता गर्ने भनेका थियौँ। फेरि कोभिड–१९ को महामारी देखिएको छ। यसले प्रतियोगितालाई अन्योल बनाएको छ,’ उनले नेपाल समयसँग भने।

उनले केही समय विचार गरेर प्रतियोगिता पहिलेको समयमै सञ्चाल गर्ने वा नगर्नेबारे जानकारी गराउने बताएका छन्। ‘प्रतियागिता गर्ने वा नगर्नेबारे केही दिनमा सूचना जारी गर्छौ। अहिलेको अवस्था हेर्दा चाहिँ सर्छ नै होला’, उनले भने।
अहिले निषेध आदेश एक हप्ताका लागि जारी गरिएको छ। तर महामारीको चेन ब्रेक गर्नका लागि १४ दिनको लकडाउन आवश्यक रहेको सरुवा रोग विज्ञले बताउँदै आएका छन्। यदि त्यसो भएमा प्रतियोगिता सुरु हुने अवधिसम्म पनि निषेध आदेश कायम रहने छ।

यता प्रतियोगिताका लागि सातै प्रदेशका छनोट खेल सम्पन्न भइसकेका छन्। सबै टिम सहरमा आधारित भएकाले र देशका मुख्य सहरमा कोभिड–को महामारी देखिएपछि प्रतियोगिता अन्योल बनेको हो।

‘प्रतियोगिता पोखरामा हुने हो। यहाँ आज (वैशाख १६) बाट निषेध आदेश जारी गरिएको छ। अब वीरगंज, काठमाडौंलगायतका ठाउँमा पनि फुटसलका हल बन्द छन्। केही दिन अघिसम्म त क्लबले अभ्यास गरिरहेका थिए। फुटसल हल बन्द भएपछि क्लबले अभ्यास गर्न सकिरहेका छैनन’, उनले भने, ‘अब हामी क्लबसँग कुरा गर्नेर्छौँ।’

प्रतियोगिताको विजेतालाई १० लाख पुरस्कार तोकिएको छ भने उपविजेतालाई पाँच लाख पुरस्कार तोकिएको छ। त्यस्तै, गोलकिपर, विंगर, डिफेन्डर, प्रशिक्षक र इमिर्जिङ खेलाडीले पनि समान २५ हजार पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ।

प्रतियोगिताका लागि विभिन्न प्रदेशमा भएको छनोट खेलबाट १० टिम क्वालिफाइ भएका छन्। त्यसमा प्रदेश १ बाट फुटबल फाइभ र राइजिङ क्बल त्यस्तै, बागमतीबाट ढुकु फुटसल, शंखमुल फुटसल, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स छन्।
गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनीबाट लुम्बिनी फुटसल छनोट भएको छ भने गण्डकीबाट स्पोर्ट्स कासल र सविन मेमोरियल छनोट भएका छन्।

प्रकाशित: Apr 29, 2021| 12:08 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।