सोमबार, चैत ९, २०८२

कर्णालीका सबै जिल्लामा अक्सिजन प्लान्ट बनाउने प्रदेश सरकारको घोषणा

बिहीबार पत्रकार सम्मेलन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले प्रदेशका सबै जिल्लाहरुमा अक्सिजन प्लान्ट बनाउने घोषणा गरेकी हुन्।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

सुर्खेत- कर्णाली प्रदेश सरकारले सबै जिल्लामा अक्सिजन प्लान्ट बनाउने घोषणा गरेको छ। कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव झेलेको प्रदेशले सबै जिल्लामा अक्सिजन प्लान्ट निर्माण योजना अघि सारेको हो।

National life

बिहीबार पत्रकार सम्मेलन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले प्रदेशका सबै जिल्लाहरुमा अक्सिजन प्लान्ट बनाउने घोषणा गरेकी हुन्। प्रदेश राजधानी सुर्खेत र जुम्लामा ठूला क्षमताका र अन्य जिल्लामा मिनी अक्सिजन प्लान्ट सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ। 

अक्सिजन प्लान्ट निर्माणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक जिल्ला अस्पताललाई ४०/४० लाखका दरले रकम उपलब्ध गराउने छ। हाल कर्णालीका १० जिम्लामध्ये हुम्ला, जुम्ला र सुर्खेतमा अक्सिजन प्लान्ट छन्। प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ठूला अक्सिजन प्लान्ट हुन्। तर जुम्लामा मात्रै अक्सिजन उत्पादन भइरहेको छ। जुम्लाको अक्सिजन प्लान्टले दैनिक १० वटा शिलिन्टरसम्म अक्सिजन उत्पादन गर्न सक्छ।

सुर्खेतमा प्रदेश अस्पतालका दुई वटा अक्सिजन प्लान्ट छन्। तर हाल दुवै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुँदैन। प्रदेश अस्पतालमा पुरानो प्लान्ट बिग्रिएको छ भने नयाँ निर्माणको अन्तिम चरणमा छ। हुम्लाको अक्सिजन प्लान्ट पनि बन्द अवस्थामा छ।

अक्सिजन अभावका कारण संक्रमितले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले अक्सिजन उत्पादनमा जोड दिइएको मन्त्री केसीको भनाइ छ। ‘प्लान्ट निर्माण नहुँदासम्मका लागि नेपालगञ्जबाट आपूर्ति गछौँ, अक्सिजनको अभाव हुन दिँदैनौँ,’ सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी निर्वाह गर्दै आएकी केसीले भनिन्,‘तर अक्सिजन अभावका कारण संक्रमितलाई मृत्यु हुने अवस्था आउँन दिँदैनौँ।’

Laxmi sunrise bank
kumari

जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारको लागि अक्सिजन अनिवार्य सर्त जस्तै बनेको छ। कोरोनाले श्वासप्रश्वास प्रणालीमा पार्ने अप्ठेरोलाई सहज बनाउँछ भने भेन्टिलेटर र आइसीयू सञ्चालनका लागि अक्सिजन अनिवार्य हुन्छ। जटिल प्रकृतिका संक्रमित बढेसँगै कर्णालीले हाल नेपालगञ्जबाट दैनिक १५० सिलिन्डर अक्सिजन आपूर्ति गर्दै आएको छ। प्रदेशभर हाल ४ सय अक्सिजन भर्ने सिलिन्डर छन्।

प्रकाशित: Apr 29, 2021| 11:41 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्