सोमबार, चैत ९, २०८२

४ हजार ९२८ जना कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९२८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९२८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टिजेन परीक्षण भएकोमा ४ हजार ९२८ जनालाई संक्रमण पुष्टि भएको हो। 

४ हजार ८३१ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ९७ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ८८८ छ ।

पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ। हालसम्म ३ हजार २४६ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 29, 2021| 11:08 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्