काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ।
उनका पिता रामकृष्ण मल्लको बिहीबार बिहान निधन भएको हो। टेकुस्थित घाटमा उनको अन्तिम संस्कार पनि भइसकेको छ। उनको ७८ वर्षको उमेरमा निधन भएको हो।
नेपाल क्रिकेट संघ (क्यान० का सदस्य छुम्बी लामाले फेसबुकमा लेखेका छन्, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लका बुबा रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा आज बिहान दुखद् निधनको खबरले मर्माहत एवं स्तब्ध भएको छु। उहाँको अन्तिम दाहसंस्कार आजै टेकुमा सम्पन्न भएको छ।’