मंगलबार, मंसिर २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • विकास बजेट काटेर १ अर्बको कोरोना कोष बनाउँदै कर्णाली

विकास बजेट काटेर १ अर्बको कोरोना कोष बनाउँदै कर्णाली

कर्णाली प्रदेशमा १ अर्बको कोरोना कोष बनाइने भएको छ। कोरोना महामारीसँग लड्न कर्णाली प्रदेश सरकाले १ अर्बको कोरोना कोष बनाउने जानकारी दिएको हो। 
 |  बिहीबार, वैशाख १६, २०७८

देव राना

देव राना

बिहीबार, वैशाख १६, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा १ अर्बको कोरोना कोष बनाइने भएको छ। कोरोना महामारीसँग लड्न कर्णाली प्रदेश सरकाले १ अर्बको कोरोना कोष बनाउने जानकारी दिएको हो। 

National life

चालु आर्थिक वर्षको विकास बजेट कटौती कोरोना कोष खडा गर्ने कर्णाली सरकारको तयारी छ। अबको एक साताभित्र कोरोना कोष घोषणा गर्ने प्रदेश सरकारको तयारी छ। कोरोना कोष तयार गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई पत्राचार गरेको छ। सोही अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले कार्यान्वयन हुन नसक्ने बजेट कटौती गरेर पठाउन निर्देशन दिएको छ।

कोरोना कोष तयार गरेर औषधि उपकरण खरिद, करारमा स्वास्थ्यकर्मी भर्ना, स्वास्थ्यकर्मीहरुलाई भक्ता, पीसीआर परीक्षणका लागि आवश्यक किटको खरिद, अक्सिजन प्यान्टको निर्माणलगायतका कार्यहरु गर्ने आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्री विमला केसीले बताइन्।

यस्तै प्रदेश सरकारले कोरोना महामारीसँग लड्न सर्वदलीय संयन्त्रसमेत बनाउने जनाएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित सर्वदलीय संयन्त्र बनाउने तयारी गरिएको हो। कोरोना नियन्त्रण तथा संक्रमितको उपचारका सामूहिक प्रयासका लागि राजनीतिक संयन्त्र बनाउन लागिएको मन्त्री केसीले बताइन्। 

‘सर्वदलीय संयन्त्रणले कोरोना नियन्त्रणमा आ–आफ्नो क्षेत्रबाट सहकार्य र समन्वय गर्छ,’ उनले भनिन्, ‘महामारीसँग जुध्न सामूहिक प्रयास र सम्पूर्ण दललाई सहभागी बनाउन संयन्त्र बनाउन थालेका हौँ।’ यस्तै करारमा १५० जना कर्मचारी नियुक्त गर्ने भएको छ। कोरोना नियन्त्रणमा खटिने गरी पाँचौँ तह १५० जना कर्मचारी भर्ना गर्न लागेको हो। नियुक्त हुने कर्मचारीहरुले सिफ्टअनुसार उपचारमा खटाइने तयारी छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 29, 2021| 08:49 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।