काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राजदूत यु हाेङसँग तस्करी नियन्त्रण गरिदिन आग्रह गरेका छन् ।
पछिल्लो समय चिनियाँ नाका हुँदै अवैध सामानकाे ओसारपसार बढ्न थालेपछि गृहमन्त्रीले राजदूत होङसँग त्यस्ताे अाग्रह गरेका हुन् । नेपाली नाका हुँदै ठूलो मात्रामा सुनलगायत बस्तुको अवैध ओसारपसार हुँदै अाएकाे छ।
नेपाल र चीनबीचका नाका हुँदै लागूऔषध ओसारपसार हुने गर्छ। जवाफमा चिनियाँ राजदूत युले त्यस विषयलाई सम्बन्धित निकायसम्म पुर्याउने जानकारी गराउने बताएको गृह स्रोतले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४