सोमबार, असार २९, २०८३

भट्टराई भन्छन् : चीनले काठमाडौसम्म रेल ल्याईदिन्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्दीय सदस्य एवम् परराष्ट्र मामिलाका जानकार डा.राजन भट्टराईले चीनको सहयोगमा काठमाडौंसम्म नै रेल आउने दाबी गरेका छन् । रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भट्टराईले नेपालले आन्तरिक रुपमा बनाउन नसक्ने रेल सेवा विस्तारका चीनले सहयोग गरे विस्तार हुने बताए । 

नेपालमा रेलदेखि तेलसम्मको व्यापार विस्तार बढाउने विषयमा अघिल्लो पटक प्रधानमन्त्री बन्दा केपी शर्मा ओलीले १० बुँदे सम्झौता गरेको बताएँदै नेता भट्टराईले विगतमा भएको समझदारीलाई कार्यान्वयन गर्नुपर्ने बताए । 

चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर-दक्षिण राजमार्ग, क्रस-बोर्डर ट्रन्समिसन र आर्थिक लगानी तथा द्धिपक्षीय व्यापार लगायतका विषयलाई अबको प्रधानमन्त्रीको भ्रमणमा प्राथमिकताका साथ उठाइने बताए । 

नेपालमा लगानी गर्न चीन आँतुर रहेको सुनाउँदै नेता भट्टराईले आन्तरिक रुपमा नीतिगत स्थायित्वबारे आस्वस्त पार्न सक्नुपर्ने बताए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।