शुक्रबार, असार २६, २०८३

च्याम्पियन्स लिग सेमिफाइनल : पहिलो लेगको खेलमा पीएसजी पराजित

पेरिस सेन्ट जर्मेन पीएसजीले जारी च्याम्पियन्स लिगको सेमिफाइनल खेल हारबाट सुरु गरेको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं – पेरिस सेन्ट जर्मेन पीएसजीले जारी च्याम्पियन्स लिगको सेमिफाइनल खेल हारबाट सुरु गरेको छ।

बुधबार राति घरेलु मैदानमा सम्पन्न पहिलो लेगको खेलमा पीएसजीले प्रिमियर क्लब म्यानचेस्टर सिटीसँग २–१ गोलको हार बेहोरेको हो।

सिटीका लागि डि ब्रुन र रियाद महरेजले समान १–१ गोल गरे भने पीएसजीका माक्विन्होसले एक गोल फर्काए।

खेलको १५औं मिनेटमा गोल गर्दै माक्विन्होसले पीएसजीलाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा पीएसजी एक गोलले अघि रह्यो।

दोस्रो हाफको ६३औं मिनेटमा डि ब्रुनले र ७०औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २–१ गोलको जित दिलाएका थिए।

सेमिफाइनलको दोस्रो लेगको खेल आर्को हप्ता हुनेछ।

प्रकाशित: Apr 29, 2021| 02:34 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।