शुक्रबार, असार २६, २०८३

हैदराबादविरुद्ध चेन्नईंको सहज जित

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेन्नईं सुपर किंग्सले जित निकालेको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं – जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेन्नईं सुपर किंग्सले जित निकालेको छ। नयाँ दिल्लीमा सम्पन्न खेलमा चेन्नईंले सनराइजर्स हैदराबादविरुद्ध सात विवेटको जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको हैदराबादले पुरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा चेन्नईंले १८ ओभर तीन बलमा तीन विकेट गुमाएर १७३ रन बनाउँदै लक्ष्य पुरा गर्‍यो।

हैदराबादका लागि डेबिड वार्नरले ५७, मनिष पाण्डेले ६१ र केन विलियम्सनले २६ रन बनाए। यता चेन्नईंका लागि लुंगी निगिदीले दुई विकेट लिए।
जवाफी ब्याटिङमा चेन्नईंका रितरराज गायक्वडले ७५ र फाफ डु प्लेसिस ५६ रन बनाए। हैदराबादका राशिद खानले तीन विकेट गिराए।

प्रकाशित: Apr 29, 2021| 02:31 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।