बिहीबार, माघ ८, २०८२

नवयुगले दिलाए पोखरालाई पहिलो जित

विराटनगर फुटबल क्लबलाई पोखरा थन्डर्स फुटबल क्लबले हराएको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं- जारी नेपाल सुपर लिग(एनएसएल)अन्तर्गत बुधबारको दोस्रो खेलमा विराटनगर फुटबल क्लबलाई पोखरा थन्डर्स फुटबल क्लबले हराएको छ।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगरविरुद्ध पोखराले १-० गोलको जित निकालेको हो। पोखराका लागि नवयुग श्रेष्ठले निर्णायक गोल गरेका थिए।

खेलको पहिलो मिनेटमा विराटनगरका पेड्रो मान्जीको गोल गोलफसाइड करार भएपछि विराटनगरले दबाब बनाउन सकेन। र, अग्रता बनाउनबाट पनि चुक्यो।

यता लिगको पहिलो खेलमा हार खेपेको पोखराले खेल सुधार गर्दै अधिक समय पकडमा राख्न सकेको थियो। पहिले खेलको तुलनामा कमजोर प्रदर्शन गरेको विराटनगरविरुद्ध पोखराका मौसा आब्बाले १०औं मिनेटमा गोलको सहज अवसर गुमाएका थिए।

दोस्रो हाफमा विराटनगरले केही सुधारिएको प्रदर्शन गरेको थियो। त्यसबीच पोखराका नवयुग श्रेष्ठले ५४ औं मिनेटमा गरेको गोलको प्रयास विराटनगरका किपर किशोर गिरीले बचाएका थिए।

Laxmi sunrise bank
kumari

६१औं मिनेटमा डी-बक्स बाहिरबाट रवि पासवानले गरेको प्रहार भने पोलमा लागेर बाहिरिएको थियो। तर ८३ औं मिनेटमा अब्बाको फ्री किकलाई फरवार्ड श्रेष्ठले गोलमा बदल्न चुकेनन्। उनले हेडमार्फत गोल गरेका थिए।

दोश्रो चरणको खेल सकिँदा ललितपुरको १ अंक छ भने काठमाडौं, बुटबल, पोखरा, विराटनगर र धनगढीको समान तीन अंक छ। बुटबल लुम्बिनीले ४ अंक जोड्दा चितवनको २ अंक छ।

दोस्रो चरण सकिँदा बुटबल लुम्बिनी शीर्षस्थानमा छ। विराटनगर दोस्रो स्थानमा छ। खेलपछि कुरा गर्दै विराटनगरका कोच यान लले खेलाडीले कन्फिडेन्स गुमाएको बताए। उनले भने, 'आजको खेलमा हामीले अन्तिममा गोल खायौं। हामीले राम्रो फुटबल खेल्यौं। तर पोखराले आज पहिलेको भन्दा राम्रो खेल्यो। तर केही चाहिँ राम्रो ब्लक गर्न सक्यौँ।'

आजको खेलमा मान्जीले चाहेको जस्तो क्जेल्न सकेनन्। उनी पोखराको नजरमा पनि परे। उनले फरबार्डमा केही समस्या देखिएको उनले बताएका छन्। 'अबको खेलमा हामी फरक रणनीतिका साथ खेल्नेछौं,' उनले भने।

यता पोखराका सहायक राजेस राईले आफ्नो योजना अनुसार खेलेको बताए। उनले दबाबका बीच विदेशी खेलाडी हटाएर अजितलाई छिराउनु फाइदाजनक भएको बताएका छन्।

'दुई खेल सकिँदा पनि प्रतिस्पर्धा टफ भएको छ। अझै धेरै गर्नु छ। हेड कोच नहुँदा निकै प्रेसर छ,' उनले भने।

प्रकाशित: Apr 28, 2021| 14:10 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।