सोमबार, असार २९, २०८३

राजपामा किचलो, चुनिएनन् संसदीय दलका नेता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- लामो समयदेखि पार्टीमा खुलेर छलफल हुन नसकेपछि राष्ट्रिय जनता पार्टी (राजपा)भित्र असन्तुष्टि बढ्न थालेको छ । मंगलबारका लागि बोलाइएको अध्यक्ष मण्डलको बैठक पनि बस्न नसकेपछि नेताहरु पार्टी नेतृत्व प्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् । 

०७४ वैशाख ७ गते ६ मधेशवादी दल मिलेर बनेको राजपाको अहिलेसम्म महाधिवेशन भएको छैन । सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टीको एक वर्ष भित्र महाधिवेशन गर्ने सहमति भएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको नेताहरुले बताएका छन् । 

अध्यक्ष मण्डलको अवधारणा अनुसार पार्टीको नेतृत्व गरिरहेको र दुई दुई महिनामा अध्यक्ष मण्डलका एक सदस्यले नेतृत्व लिने सहमति भएपनि त्यो कार्यान्वयन नभएको भन्दै एक अध्यक्ष मण्डलका सदस्यले आक्रोश पोखे । 

पार्टी भित्र सदस्यता वितरण नभएको, जिल्ला कमिटीहरुलाई व्यवस्थित बनाउन नसकिएको विषयमा बढी चर्चा हुने गरेको छ । पार्टीको राजनीतिक समितिको बैठक एकपटकमात्र बोलाइएको, केन्द्रीय समिति बैठक पनि एक पटक बाहेक बस्न नसकेको लगायतका आरोप अन्य नेताहरुको छ । 

पार्टीको २५ गते राजनीतिक समितिको बैठक बोलाएको छ । राजनीतिक समितिको बैठकका एजेन्डा तय गर्न मंगलबार केन्द्रीय समिति बैठक बोलाइएको थियो । मंगलबारको बैठक पनि स्थगित भएपछि राजनीतिक समितिको आह्वान गरिएको बैठक पनि अन्यौलमै परेको एक नेताले बताए । 

तर, राजपाका महासचिव केशव झाले भने पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका कारण नियमित बैठक बस्न नसकेको बताए । झाले नेपाल समयसँग कुराकानी गर्दै अध्यक्षको स्वास्थ्य अवस्थाका कारण आह्वान गरिएका बैठक पनि धकेलिँदै गएको बताए । 

झाले बैठकमा पछिल्लो राजनीतिक घटना क्रम, प्रदेश २ को सरकारलाई दिइएको समर्थन फिर्ता तथा आफ्नो गठबन्धनमा रहेको संघीय समाजवादी फोरमको सरकारमा सहभागी लगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति र राजनीतिक समितिको बैठक बोलाइएको बताए । 

संसदीय दलको नेता चुनिएन

पार्टी एकता भएको लामो समय बितिसक्दा पनि राजपाले संसदीय दलको नेता चुन्न सकेको छैन । पछिल्लो संघीय संसदको निर्वाचन भएकै सात महिना बितिसक्दा पनि राजपाले अझै संसदीय दलको नेता चुनेको छैन । 

संसदीय दलको नेताका लागि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले इच्छा देखाएको नेताहरुले बताएका छन् । 

गत वैशाख ७ गते भएको पार्टीको स्थापना दिवसको कार्यक्रममा पनि राजेन्द्र महतोले नै अध्यक्षता गरेका थिए । ठाकुर बिरामी भएकाले आफूले जिम्मेवारी सम्हालेको महतोले बताउँदै आएका छन् । 

लामो छलफलमा सहभागी नहुन सुझाव

तीन पटकसम्म मुटुको अपरेसन गरेका राजपा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो पटक चैतमा भारत गएर एनजीओग्राफी सर्जरी गरेका थिए । 

सर्जरीपछि ठाकुरलाई मिटिङ बैठकमा दौडधुप नगर्न, लामो समय बैठकमा नबोल्न तथा धेरै कुराकानी नगर्न चिकित्सकहरुले सुझाव दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । दौडधुपका काममा सहभागी हुँदा श्वासप्रश्वासमा समस्या आउने चिकित्सकहरुले बताएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।