बिहीबार, माघ ८, २०८२

चितवनका चार खेलाडी चोटग्रस्त, नयाँ खेलाडी ल्याउने तयारी

नेपाल सुपर लिग (एनएससेल) को फ्रेन्चाइज क्लब चितवनका कोच मेघराज केसीले आफ्नो टिमका ४ खेलाडी चोटग्रस्त भएपछि बुधबारको खेलमा दबाब बढेको बताएका छन्।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं- नेपाल सुपर लिग (एनएससेल) को फ्रेन्चाइज क्लब चितवनका कोच मेघराज केसीले आफ्नो टिमका ४ खेलाडी चोटग्रस्त भएपछि बुधबारको खेलमा दबाब बढेको बताएका छन्।

National life

पहिलो हाफमा २–० गोलको अग्रता बनाएको चितवन सम्हालिन नसकेपछि दोस्रो हाफम २ गोल खाएको थियो। योसँगै दशरथ रंगशालामा सम्पन्न आजको खेलमा चितवन क्लब बुटबल लुम्बिनी क्लबसँग बराबरीमा रोकिँदै अंक बाँडेको छ।
तर उनले आजको बराबरीलाई फुटबलको मज्जाको रुपमा व्यख्या गर्नुपर्ने बताएका छन्। चितवनले अघिल्लो खेलमा पनि

बराबरी गरेको थियो भने आजको खेलमा बराबरी गर्दै २ अंक बटुलेको छ।
‘आजको खेलमा अग्रता जोगाउन नसक्दा बराबरी भयो। फुटबलको मज्जा भनेकै यै त हो’, उनले उत्साहित हुँदै भने, ‘हामीले दुबै खेलमा हार बेहोरेका छैनौँ।’

उनले, अंक हेर्दा चाहिँ दुई खेलबाट ४ अंक गुमाउनु घाटा रहेको बताएका छन्। ‘तर ६ खेलको प्रतियोगितामा २ खेलले डिसाइड नगर्ने र आउँदो खेलमा राम्रो गरे उपाधि टाढा नभएको उनले बताए।

त्यसपछि उनले खेलाडीको चोटबारे भने, ‘विकास खवासले चोट बोकेका छन्। उनले आराम गरिरहेका छन्, ‘त्यस्को ठाउँमा जर्ज प्रिन्स ल्याएको राम्रो सावित भएको छ। आजको खेलमा विदेशी दुईसहित सोचेका चार खेलाडी मैदानमा नहुँदा गाह्रो भएको छ। एक जना विदेशी खेलाडी सिरियसली इन्ज्योर्ड छन्।’

Laxmi sunrise bank
kumari

अर्को एक विदेशी खेलाडी र भरत खवास पनि घाइते भएकाले चितवनलाई गाह्रो परेको केसीले बताएका छन्।

‘चोटका कारणले अर्का विदेशी खेलाडी गोरान योर्कोविक दोहोरो भूमिकामा थिए। यसले उनलाई गाह्रो भएको थियो, ‘उनले भने, ‘अब अर्कोपल्ट एकजना राम्रा विदेशी खेलाडी आउँछन्। त्यसले समग्र दबाब कम गर्छ र हामी अझै राम्रो खेल्न सक्नेछौं।’

यता बुटबलका कोच सनोज श्रेष्ठले पहिलो हाफ र दोस्रो हाफमा गोल गरेर खेल बराबरी गर्न सफल भएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘यो कमब्याकले एक अंक जितेका छौँ।’

उनले थपे, ‘पहिलो गोल फर्काएपछि डिफेन्स लाइन बलियो बनाएर पोसेसन राख्दै खेलाका थियौँ। त्यस क्रममा अट्यक पनि राम्रो नै भएको थियो। तर गोल हुन सकेन। त्यो दुर्भाग्य रह्यो।’

प्रकाशित: Apr 28, 2021| 11:34 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।