सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शीर्ष नेताहरूसँग राष्ट्रपतिको चिन्ता : अतिवादीहरूले टाउको उठाउँदैछन्

शीर्ष नेताहरूसँग राष्ट्रपतिको चिन्ता : अतिवादीहरूले टाउको उठाउँदैछन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई असफल पार्ने हिसाबले अतिवादी र पृथकतावादीले टाउको उठाउन खोजेकामा नेताहरूको ध्यानाकर्षण गराएकी छन् । 

कतिपय शक्ति सशस्त्र संघर्षबाट अगाडि बढ्न खोजेकोतर्फ पनि राष्ट्रपतिले ध्यानाकर्षण गराइन् ।

प्रधानमन्त्री केपी ओलीसहित शीर्ष नेताहरूसँग सोमबार राति आठदेखि १० बजेसम्म परामर्श गरेकी छन् । 

त्यस क्रममा राष्ट्रपतिले राष्ट्रिय एजेन्डामा साझा धारणासहित अगाडि बढ्न गम्भीर ध्यानाकर्षण गराइन्। दोस्रो पटक राष्ट्रपति निर्वाचित भएपछि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग उनले पहिलोपटक छलफल गरेकी हुन्।

संविधान कार्यान्वयन र राष्ट्रिय एजेन्डामा साझा राष्ट्रिय नीतिका आधारमा एकताका साथ अगाडि बढ्न राष्ट्रपति भण्डारीले नेताहरूको ध्यानाकर्षण गराएको स्वकीय सचिव भेषराज अधिकारीले नेपाल समयलाई जानकारी दिए। 

उक्त भेटवार्तामा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी थिए। 

संविधानको प्रस्तावनामै देश समाजवादमा अगाडि बढ्ने उल्लेख भएकाले त्यसका लागि साझा धारणा आवश्यक देखिएको भण्डारीले नेताहरूसँग बताइन्। 'तपाईंहरू कस्तो खाले समाजवाद ल्याउँदै हुनु हुन्छ ?' उनले प्रश्न गरिन्। 

बदलिएको परिस्थितिमा साझा परराष्ट्र नीति बनाउन पनि सुझाव दिइन् ।  संविधान कार्यान्वयन र समाजवादको न्यूनतम व्याख्या गर्नुपर्ने औंल्याइन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।