काठमाडौं-ट्याक्सीमा छुटेको पाँच लाख रुपैयाँ चालकले पैसा धनीलाई बुझाएका छन् । मंगलबार बिहान कपनको फैका चोकबाट बागबजार आउनेक्रममा छुटेको रकम प्रहरीको रोहबरमा पैसा धनीलाई पिर्ता गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोलुखुम्बु महाकुलुङ घर भई हाल कपनको फैका बस्ने बीर्गधन राईले ट्याक्सीमा रकम छुटेको उजुरी दिएपछि खोजबिन गर्दा फेला परेको रकम राईलाई बुझाइएको हो ।
सीसीटीभीको फुटेजबाट हेर्दा ओखलढुंगा बरुणेश्वरका ओमप्रसाद डोटेलले चलाउने बा १ ज ५२७५ नम्बरको ट्याक्सीमा रकम छुटेको खुलासा भएपछि चालक डोटेललाई बोलाएर सोधखोज गर्दा सामान फेला परेको जानकारी दिएको र प्रहरी नायक उपरीक्षक विश्वमणि पोखरेलको रोहवरमा राईलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४