सोमबार, चैत ९, २०८२

सुर्खेतमा जनस्वास्थ्यका ७ कर्मचारी संक्रमित, स्वाव संकलन प्रभावित

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सात जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ। जनस्वास्थ्य प्रमुख, प्रयोगशाला प्रमुख, प्रशासन प्रमुखलगायत कर्मचारी एकै पटक संक्रमित भएका हुन्।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

सुर्खेत - जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सात जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ। जनस्वास्थ्य प्रमुख, प्रयोगशाला प्रमुख, प्रशासन प्रमुखलगायत कर्मचारी एकै पटक संक्रमित भएका हुन्। आज विहान मात्रै ७ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको हो।

National life

कर्मचारी संक्रमित भएपछि कोरोना परीक्षणका लागि स्वाव संकलनलगायतका काम रोकिएका छन्। जनस्वास्थ्य कार्यालयमा स्वाव संकलन रोकिएपछि कोरोना परीक्षणमा प्रभावित हुने भएको छ। 

सुर्खेतमा जिल्ला जनस्वास्थ्यसहित प्रदेश अस्पताल र वीरेन्द्रनगर नगरपालिकाले स्वाव संकलन गर्दछन्। तर, प्रदेश अस्पतालमा त्यहाँ पुगेका बिरामी र शुल्क तिरेर कोरोना परीक्षण गराउनेहरूको लागि मात्रै स्वास्व संकलन हुन्छ। त्यस्तै वीरेन्द्रनगरले नगरवासीका लागि सोमबार र बुधबार मात्रै स्वाव संकलन गर्दै आएको छ। 

जनस्वास्थ्यमा स्वाव संकलन रोकिएपछि वीरेन्द्रनगर बाहेकका नागरिकलाई कोरोना परीक्षणमा समस्या हुने भएको छ। थप कर्मचारी नभएका कारण अर्को व्यवस्था नहुँदासम्मका लागि कार्यालयका अन्य सेवा रोक्नु परेको हो।  

‘प्रयोगशालामा खटिने सबै कर्मचारी संक्रमित हुनुभयो,’ जनस्वास्थ्य कार्यालय सुर्खेतका अहेव अमर रानाले भने, ‘तत्काललाई स्वाव संकलन, संक्रमितको रेखदेख लगायतका सबै कामहरू रोक्नु परेका छ।’ 

Laxmi sunrise bank
kumari

कार्यालयले होमआइसोलेसनमा बस्नेका संक्रमितको रेखदेख, शव व्यवस्थापन, संक्रमितलाई अस्पतालसम्म पुर्‍याउन २४ घण्टा एम्बुलेन्सको उपलब्धता, जिल्ला कोरोना रिपोर्टको जानकारी लगायतका कामहरू गर्दै आएको छ। तर, शव व्यवस्थापन र एम्बुलेन्स सेवा भने रोकिने छैनन्। कार्यालयले तत्काल कर्मचारी व्यवस्थापन गरीदिन कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरेको छ।

प्रकाशित: Apr 28, 2021| 07:39 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्