सोमबार, असार २९, २०८३

गोरेसँग किन सँगै बस्न मानेनन् एसएसपी खत्री ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सुन तस्करी प्रकरणमा संलग्न चुडामणी उप्रेती (गोरे)सँग निलम्बित एसएसपी श्याम खत्री बस्न नमानेपछि छुट्टाछुट्टै कारागारमा राखिएको छ । खत्रीले कारागारमा गोरसँगै नराख्न प्रहरीलाई विशेष अनुरोध गरेपछि उनीहरुलाई अलग-अलगस्थानमा राखिएको हो । 

स्रोतका अनुसार सँगै बस्दा थपकुरा खुल्ने र समस्या पर्नसक्ने डरले खत्रीले गोरसँग नबसेर अलग्गै कारागार रोजेका हुन । 

तर, प्रहरीले भने, दुवै अभियुक्तलाई एकैठाउँ राख्दा सुरक्षा चुनौती बढ्ने भन्दै बेग्लाबेग्लै कारागारमा राखेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोज कुमार केसीले नेपाल समयसँग कुराकानी गर्दै अनुसन्धानलाई प्रभावित नबनाउन र सुरक्षा चुनौतीलाई कम गर्न बेग्लाबेग्लै कारागार राखिएको बताए ।

जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका खत्रीलाई बयानपछि सुनसरीको झुम्का कारागारमा पुर्‍याइएका छ भने, गोर जिल्ला कारागार मोरङमै छन् । 

सुन तस्करीको मुख्य आरोपीका रुपमा पक्राउ परेका गोरेले दिएको बयानमा आधारमा दोषी देखिएका एसएसपी खत्रीले मोरङ अदालत पुगेर आत्मसमर्पण गरेका थिए । 
खत्री र गोरेले कारागारमा पनि टाढा बस्न खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।