काठमाडौं- हामीलाई लाग्छ, विकसित तथा शक्तिराष्ट्रहरूमा सुरक्षा व्यवस्था पनि चुस्त दुरुस्त होला। र, यो समस्या गरिब तथा अविकसित मुलकमा मात्र व्याप्त होला।
यो बुझाइ भने आंशिक सत्य मात्र हो। विश्वभर प्रभाव फैलाएको अमेरिकामै यस्तो ठाउँ छ, जहाँ प्रहरी जान पनि डराउँछन्। यस्ता ठाउँ विकसित मानिने युरोपमा पनि छन्।
नेपाल समयले सुरक्षाको गम्भीर समस्या रहेका विश्वका केही ठाउँबारे खोजविन गरेको छ।
मिचिगन, अमेरिका
मेरिकी राज्य मिचिगनको डियरबर्न शहरमा ४५ प्रतिशत मुसलमान समुदायको बसोबास छ। सरिया कानुन लागू गरिएको यो शहरमा स्कुल, कलेजका साथै सार्वजनिक संरचना निर्माणमा पनि मुसलमान शैली पछ्याइएको छ ।
आतंककारी र आपराधिक गतिविधिमा यो शहर अमेरिकाभर कुख्यात छ। प्रहरीसमेत त्यहाँ पस्त डराउँछन्। यस्तो समस्या बाल्टिमोर, मेरिडियन र सान फ्रान्सिस्को शहरका केही इलाकामा पनि छ।
कोलोन, जर्मनी
जर्मनीका कोलोन, डुसेलडोर्फलगायत राज्यमा पनि सुरक्षाको गम्भीर समस्या छ। ती शहरमा सिरियाली शरणार्थीको ठूलो संख्या ल्याएर राखिएको छ। त्यस्ता शरणार्थी शिविरमा प्रहरीसमेत जान हिच्किचाउँछ।
पछिल्लो समय ठूलो संख्यामा आप्रवासी भित्र्याएर संसारभर स्यावासी बटुलेको छ, जर्मनीले। तर, त्यही स्यावासी जर्मनीका लागि महँगो सावित भएको छ।
त्यसको पुष्टी चान्सलर एन्केला मर्केल स्वयंले पुष्टि गरेकी छन्। गत साता एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा सिरियाली शरणार्थीका कारण सुरक्षा चुनौती बढेको बताएकी छन्, मर्केलले। अहिले उनको अभिव्यक्तिले विश्वव्यापी चर्चा पाएको छ।
म्यानचेस्टर र लिभरपुल, बेलायत
बेलायतका म्यानचेस्टर र लिभरपुललाई लागूऔषधका 'ट्रान्जिट पोइन्ट' मानिन्छ। ती शहर हुँदै ब्राजिली र अफ्रिकीहरूले ठूलो परिमाणमा लागूऔषध ओसारपसार गर्छन्।
तर, त्यसमा आतंककारी समूहको संलग्नता रहने गर्छ । प्रहरी र तस्करबीच बेला–बेलामा गोली हानाहानसमेत हुने गर्छ, त्यस्ता इलाकामा। त्यसैले सर्वसाधारण त टाढाको कुरा, प्रहरी पनि ती इलाकामा पस्न डराउँछ।
बेजरस र परपिगान, फ्रान्स
अर्को विकसित मुलुक फ्रान्समा दुई शहर पनि यस्तै सुरक्षा चुनौती बनेका छन्। ती शहर हुन्, बेजरस र परपिगनान।
दुवै शहरमा मुस्लिम आप्रवासीको बसोबास छ। ती शहरमा ठूलो संख्यामा अन्तर्राष्ट्रिय आतंककारी सञ्जाल आईएसआईएसका लडाकु लुकेर बसेको अनुमान छ।
त्यसो त, फ्रान्सको राजधानी पेरिसकै सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ। गत वर्ष पेरिसमा आतंककारी आक्रमण नै भयो, जुन युरोपमा भएको सबैभन्दा ठूलो हमला थियो।
उक्त घटना नियन्त्रण गर्न फ्रान्स प्रहरीलाई हम्मे परेको थियो। बेल्जियमको ब्रसेल्समा भएको आतंककारी आक्रमणमा संलग्न लडाकुहरू पेरिसबाटै पुगेको पुष्टी भएको थियो।
(एजेन्सीहरूको सहयोगमा)