शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिग : रियलविरुद्ध चेल्सीको अपराजित यात्रा कायमै

च्याम्पियन्स लिग : रियलविरुद्ध चेल्सीको अपराजित यात्रा कायमै

एन्टोनियो रोडिजरले दिएको पासलाई क्रिस्टियन पुलिसिकले गोलमा बदलेपछि अग्रता बनाएको प्रिमियर क्लब चेल्सी स्पेनिस क्लब रियल मड्रिडसँग बराबरीमा रोकिएको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं - एन्टोनियो रोडिजरले दिएको पासलाई क्रिस्टियन पुलिसिकले गोलमा बदलेपछि अग्रता बनाएको प्रिमियर क्लब चेल्सी स्पेनिस क्लब रियल मड्रिडसँग बराबरीमा रोकिएको छ।

रियलको अल्फ्रेदो डी स्टेफानो रंगशालामा मंगलबार राति सम्पन्न च्याम्पियन्स लिगको खेल १–१ गोलको बराबरीमा रोकिएको हो।

इतिहासमै चार पटक मात्र प्रतिस्पर्धा गरेका दुई टिमले योसँगै दुई खेलमा बराबरी गरेका छन्। बाँकी दुई खेलमा भने रियलले जित निकालेको छ।

फुटबल इतिहासमा १९७१ मा कप विजेता (विनर्स) कपको फाइनलमा रियल र चेल्सीले प्रतिस्पर्धा गरेका थिए। त्यसको पहिलो खेलमा १–१ गोलको बराबरी भयो भने दोस्रो खेल २–१ को नतिजाका साथ चेल्सीले जित निकाल्यो।

त्यस्तै १९९८ को सुपर कप फाइनलमा पनि चेल्सीसँग रियलले भेट गरेको थियो। त्यहाँ पनि चेल्सीले रियललाई हराएको थियो।

त्यसैले रियलका लागि चेल्सी यस्तो प्रतिस्पर्धी क्लब हो जोसँग उसले जित निकालेको छैन। सोही लय चेल्सीले गएरातिको खेलमा पनि कायम राख्यो।

खेलको १४ औं मिनेटमा चेल्सीका पुलिसिचले गोल गर्दै अग्रता बनाए पनि त्यो लामो समय टिक्न सकेन्। पहिलो हाफको २९ औं मिनेटमा मिलिटियानोले दिएको पासलाई सदुपयोग गर्दै करिम बेञ्जेमाले गोल गरेपछि खेल बराबरीमा आएको थियो।

प्रतिस्पर्धात्मक खेलमा बराबरी समय गोलमा पकड बनाएको दुवै टिमले बाँकी समयमा गोल गर्न सकेनन्। चेल्सीले ११ प्रहार गर्दा पाँच प्रहारले गोलपोस्टको दिशा लिएको थियो। यता रियलले ९ प्रहार गर्दा एकपटक मात्र पोस्टको दिशामा परेको थियो।

यो बराबरीले अवे गोलको आधारमा चेल्सीलाई फाइदा भए पनि चेल्सीका प्रशिक्षक थोमस टुचेल खेलबाट सन्तुष्ट छैनन्। ‘चेल्सीले दोस्रो लेगको खेलमा हरेक सेन्टिमिटरमा फाइट गर्नु आवश्यक छ,’ उनले खेलपछि भने।

च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा अब अर्को हप्ता चेल्सीले रियल मड्रिडलाई घरेलु मैदानमा स्वागत गर्नेछ। सो खेलका लागि चेल्सीले केही धेरै वर्कआउट गर्नुपर्ने टुचेल बताउँछन्।

‘हामीले यहाँ अवे गोल गरे पनि फुटबलमा धेरै कुरा सम्भवना हुन्छन्। नतिजा उल्टिने काम नै किन नहोस्,’ उनले भने, ‘यो हाफ टाइम मात्र हो। अब हामीले हरेक सेन्टिमिटरमा फाइट गर्नु पर्नेछ। हामीले हरेक कुराको फाइदा लिनु पर्नेछ।’

यता रियलका बेञ्जेमाले चार सेमिफाइनमा गोल गरेका छन्। उनले सन् २०१३ मा बोरुसिया डर्टमन्डविरुद्ध, २०१४ मा बायर्न म्युनिकविरुद्ध, २०१८ मा पनि बार्यनविरुद्ध र गएराति चेल्सीविरुद्ध गोल गरेका हुन्। यससँगै उनले च्यम्पियन्स लिगको सेमिफाइलमा पाँच गोल गरेका छन्।

प्रकाशित: Apr 28, 2021| 01:55 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।