सोमबार, असार २९, २०८३

चुरे दोहनमा राजनीतिक संरक्षण !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
                                                                                      सन्दर्भ : विश्व वातावरण दिवस

जनकपुरधाम- प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले हालै एक कार्यक्रममा राजनीतिक संरक्षणका कारण वन क्षेत्र विनाश हुँदै आएको स्वीकारेका थिए ।

जिल्ला वन कार्यालयका अधिकारीहरू पनि मुख्यमन्त्री राउतको भनाइमा सहमत देखिन्छन् । अतिक्रमण हटाउन राजनीतिक दलको असहयोग, अतिक्रमण हटाइए पनि पुनः बसोवास, काठ दाउराको चोरी पैठारी चुरे संरक्षणका लागि प्रमुख चुनौती हुन् । 

दुई दशकयता तराईका जंगल तथा चुरे क्षेत्रमा करिब ३२ हजार हेक्टर वन विनाश भइसकेको छ । तराईमा जीवनयापनका मुख्य आधारमध्येको हो, चुरे क्षेत्र । 

चुरे पर्वत शृंखलाले नेपालको करिब १३ प्रतिशत क्षेत्रफल ओगटेको छ । आसपासमा बसेका बस्तीहरू चुरेमै निर्भर रहँदा वन क्षेत्र मासिँदै गएको छ । र, त्यसले प्राकृतिक प्रकोपको जोखिम पनि बढाएको छ । 

वन अतिक्रमण, ढुंगा गिटीको अनियन्त्रित उत्खनन्, काठ तस्करीलगायत कारण चुरे क्षेत्र मासिने क्रम निरन्तर छ । विकृति हटाउन ठोस पहल हुन नसक्दा समस्या बल्झिँदो छ । 

प्रदेश-२ का आठ वटा जिल्ला चुरेसँग निर्भर छन् । सीमित स्रोत साधन र न्यून जनशक्तिका कारण प्रयासका बावजुद चुरे दोहन रोक्ने प्रयास सफल हुन नसकेको धनुषा वन कार्यालयले बताउने गरेको छ । 

चुरे फेदमा पर्छ, धनुषाको तुलसी गाउँ । उक्त गाउँदेखि उत्तरमा पर्ने वन क्षेत्र लगातार मासिँदै गएको छ । र, सरकारी जग्गा धमाधम बिक्री भइरहेको छ । बस्ती विस्तार र खेतीपाती गरिएको छ, अतिक्रमित इलाकामा । 

चुरे दोहन नियन्त्रण ठूलो चुनौतीका रूपमा देखिएको प्रदेश-२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकारीहरूको भनाइ छ । वन फँडानी गर्दै बस्ती विस्तार गरी राजनीतिक दलहरूले भोट बैंकका रूपमा उपयोग गर्दै आएका छन् । 

वन कर्मचारीहरूका अनुसार राजनीतिक दलका नेताहरूले बाहिर–बाहिर चुरे संरक्षणका कुरा गरे पनि जंगल फँडानी गरी बस्ती बसाउन प्रमुख भूमिका निर्वाह गर्दै आएका छन् ।

धनुषाको ३४ हजार ५६ हेक्टरमध्ये सात सय हेक्टरभन्दा बढी अतिक्रमणमा परेको मन्त्रालयका शाखा अधिकृत सुरेश शर्मा बताउँछन् । नियन्त्रणको प्रयास सीमित स्रोत, साधनका कारण सम्भव हुन नसकेको उनको भनाइ छ । 

वन फँडानी गर्दै बस्ती विस्तार गरी राजनीतिक दलहरूले भोट बैंकका रूपमा उपयोग गर्दै आएका छन् ।



वन क्षेत्रमा डढेलो, अनियन्त्रित चरिचरन, वन पैदावारको चोरी निकासी, ढुंगा, गिटी र बालुवाको अवैध उत्खनन् चुरे विनाशका प्रमुख कारण हुन् । 

चुरेबाट बगेर आउने बालुवाले पुरेर तराईको अधिकांश भूभाग मरुभूमिमा परिणत भइरहेको शाखा अधिकृत शर्मा बताउँछन् । बेला–बेलामा आउने बाढीले खेतीयोग्य जमिनमा बालुवा थुपार्ने गरेको छ । 

‘वन फँडानीको असर कृषियोग्य जग्गामा परेको छ । भूमिगत जल सञ्चिति घटेको छ । समयमै नरोकिए तराईवासीले ठूलो समस्या भोग्ने निश्चित छ,’ शर्मा भन्छन् । 

सरकारले राष्ट्रपति तराई मधेश चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमका लागि राज्य कोषबाट वार्षिक अर्बौं रुपैयाँ खर्च हुँदै आएको छ । 

कार्यक्रमको प्रभावकारिता भने देखिएको छैन । प्रदेश–२ का धनुषा, सप्तरी, सर्लाही, महोत्तरी, सिरहा, बारा, पर्सा र रौतहटको चुरे क्षेत्रको दोहन रोकिएको छैन । 

प्रदेश २ मा चुरे क्षेत्र

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।