शुक्रबार, असार २६, २०८३

बैंगलोर फेरि आईपीएलको शीर्षस्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटललाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) शीर्षस्थानमा उक्लिएको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटललाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) शीर्षस्थानमा उक्लिएको छ।

अहमदाबाद रंथशालामा मंगलबार राति सम्पन्न खेलमा बैंगलोरले एक रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १७१ रन बनायो।

१७२ रनको लक्ष्यका साथ मैदान पसेको दिल्ली क्यापिटलले पुरा ओभर खेलेर चार विकेट गुमाउँदै लक्ष्य पुग्नबाट दुई रनले चुकेपछि खेल आरसीबीले जितेको हो।

आरसीबीका लागि कप्तान विराट कोहलीले १२, देवदत्त पडिक्कलले १७, रजत पटेलले ३१ र ग्लेन म्याक्सवेलले २५ रन बनाए।

४२ बल खेलेका एबी डे विलियर्सले अविजित ७५ रन जोड्दै दिल्लीलाई प्रतिस्पर्धि लक्ष्य प्रस्तुत गरेका थिए।

दिल्लीका लागि इशान्त शर्मा, कागिसो रबडा, अभेष खान, अमित मिश्र र अक्षर पटेलले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा ऋषभ पन्तले ५८ र शिमरन हेट्मायरले ५३ रन बनाउँदा मार्कस स्टोइनिसले २२ रन जोडे।\

बैंगलोरका हर्षल पटेलले दुई, मोहम्मद रिसज र कोलिय ज्यामिसनले समान एक/एक विकेट गिराए।

यो जितसँगै बैंगलोरले ६ खेलबाट १० अंक बनाएर शीर्षस्थानमा उक्लिएको छ। आठ अंक रहेका दिल्ली क्यापिटल तेस्रो स्थानमा छ।

प्रकाशित: Apr 28, 2021| 01:10 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।